Madhes Khabar
समाचार

साधुकाे भेषमा रहेका भारतीय नागरिक चरेससहित वीरगन्जबाट पक्राउ

वीरगन्ज,२असाेज:वीरगन्जबाट प्रहरीले लागू ओैषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको आगराकाे कुडाेल फतेहवादका ४२ वर्षिय गाेपाल गिरी रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित डम्पिङ्ग साइडमा लागू ओैषधकाे खरिदबिक्री भइरहेकाे सुचना पाएपछि खटिएको प्रहरी टाेलीले त्यहाँ शंकास्पद अवस्थामा हिडिरहेका साधुकाे भेषमा रहेका गिरीलाई नियन्त्रणमा लिएर खानतलासी गरेकाे थियाे ।त्यसक्रममा गिरीले बाेकेकाे प्लास्टिकको झाेलाबाट २ किलाे ९६० ग्राम चरेस बरामद भएकाे पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।
चरेससहित पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर उनिविरुद्ध लागू ओैषध सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेकाे प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए।

Related posts

वीरगन्जमा नाइट बसबाट ठूलाे परिमाणमा लागू ओैषधसहित २ युवक पक्राउ

MadhesKhabar

पर्साको निर्मलबस्तीबाट सशस्त्र प्रहरीद्धारा १० पोका गाँजा बरामद

MadhesKhabar

प्रिती पासवानलाई शान्ति सुरक्षा दिन माग गर्दै पर्साका सिडिओलाई बुझाइयाे ज्ञापनपत्र

MadhesKhabar

Leave a Comment