Madhes Khabar
समाचार

पर्साकाे देउरीयामा खेतबाट १८ प्याकेट चरेस बरामद

वीरगन्ज,२७पुस:पर्साकाे पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ५ देउरीयाबाट प्रहरीले १८ प्याकेट लागू ओ‌ैषध चरेस बरामद गरेकाे छ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीबाट प्रहरी निरीक्षक प्रकाश थापाकाे नेतृत्वमा खटिएको प्रहरी टाेलीले देउरीयास्थित खेतबाट १८ वटा प्याकेटमा रहेकाे ९ किलाे १०० ग्राम चरेस बरामद गरेको हाे।

गस्तीमा रहेको प्रहरी टाेलीलाई देखेपछि तस्करले आँफुले बाेकेकाे चरेस खेतमा फ्याँकेर भागेकाले उसलाई भने पक्राउ गर्न नसकिएको प्रहरी निरीक्षक थापाले बताए।

बरामद चरेस प्रहरी कार्यालयमा राखिएको र यसबारेमा थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

Related posts

पर्सा,बारासहित मधेसका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

MadhesKhabar

वीरगन्जमा तस्करीका तीन ट्रक सामान सशस्त्र प्रहरीद्धारा बरामद

MadhesKhabar

१८०० पिस लागू औषधसहित एक पुरुष वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment