Madhes Khabar
समाचार

१८०० पिस लागू औषधसहित एक पुरुष वीरगन्जमा पक्राउ

वीरगन्ज,२९फागुनःवीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई घर भएका ४८ बर्षिय विनोद गुप्ता रहेका छन् ।गुप्तालाई नेपालमा प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याब्लेट एक हजार ८०० पिससहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार,सोमबार दिउँसो वीरगन्जको पावर हाउस चोकबाट गण्डक चोक तर्फ पैदल जाँदै गरेका गुप्तालाई प्रहरीले पावर हाउस चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उनको शरिर खानतलासी गर्दा उनले बोकेको कालो प्लाष्टिकको झोलाबाट ३० ट्याब्लेटका दरले ६० पत्तामा एक हजार ८०० पिस प्रतिबन्धित लागू औषध नाईट्राभेट ट्याबलेट फेला परेको थापाले बताए ।

लागू औषधसहित पक्राउ परेका गुप्तालाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जानकारी थापाले दिए ।

Related posts

`जहाँ बोलाउँछौ त्यही आउँछु’ भनेर सरकारलाई ललकारेका दुर्गा प्रसाईं मोबाइल अफ गरेर भुमिगत

MadhesKhabar

सिम्रौनगढमा १ सय ३८ किलो गाँजासहित एक महिला पक्राउ

MadhesKhabar

“सुख–दुःखको साथी बन्छु” भन्दै पाण्डेयको जनतासँग प्रत्यक्ष भेटघाट

MadhesKhabar

Leave a Comment