Madhes Khabar
समाचार

गहवाको गाईगोठबाट ठूलो परिमाणमा तस्करीको चकलेट बरामद

वीरगन्ज,२३जेठःवीरगन्ज महानगरपालिका वडा नम्बर ८ गहवास्थित एक गाईगोठबाट सशस्त्र प्रहरीले चार लाख बढीको तस्करीको सामान बरामद गरेको छ । गहवामा मुन्ना हवारीको गोठबाट सशस्त्र प्रहरीले चकलेट,खजुर र स्प्रे पेन्ट गरी चार लाख आठ हजार रुपैयाँ मूल्यको सामान बरामद गरेको हो ।

हवारीले सञ्चालन गरेको गाईगोठमा तस्करीको सामान भण्डारण गरेर राखेको सूचना पाएपछि शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज र वीरगञ्ज भन्सार कार्यालयबाट संयुक्त टोली खटिएको थियो । उक्त टोलीले हवारीको गोठमा छापा मारेर त्यहाँबाट ४ लाख ८ सय रुपैयाँ मुल्य बराबरको चकलेट, खजुर र स्प्रे पेन्ट बरामद गरेको हो ।

बरामद ती सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रवक्ता एंव सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए ।

Related posts

वीरगञ्ज–३२ नवकटोलामा कांग्रेस उम्मेदवार रुँगटाको अगुवा कार्यकर्तासँग भेटघाट

MadhesKhabar

संघीय मामिलामन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान

MadhesKhabar

सरकार जनताको अपेक्षालाई सर्वोपरि राखेर अघि बढिरहेको छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment