Madhes Khabar
Uncategorized समाचार समाज

पर्सामा एक महिनामै ६७ घरेलु हिंसाका उजुरी, अधिकांश मिलापत्रमार्फत टुंगिए

मधेसखबर,वीरगञ्ज १९: पर्सा जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को चैत महिनामा मात्रै घरेलु हिंसासम्बन्धी ६७ वटा उजुरी दर्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार तीमध्ये ६४ वटा घटनामा मिलापत्र गराएर समाधान गरिएको छ।पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सबैभन्दा धेरै उजुरी वीरगञ्ज महानगरपालिकाबाट दर्ता भएका छन्।

महानगर क्षेत्रबाट मात्रै ४६ वटा घरेलु हिंसाका उजुरी परेका थिए, जसमध्ये ४३ वटा मिलापत्रमार्फत टुंग्याइएको उनले जानकारी दिए।उनका अनुसार वीरगञ्ज महानगरपालिका ठूलो भूगोल र बढी जनसंख्या भएको क्षेत्र भएकाले अन्य स्थानीय तहको तुलनामा यहाँबाट उजुरी संख्या बढी देखिएको हो।

त्यसैगरी, बहुदरमाई नगरपालिकाबाट ६ वटा, पोखरिया नगरपालिकाबाट दुई वटा तथा पर्सागढी नगरपालिकाबाट एउटा उजुरी दर्ता भएर समाधान गरिएको छ।

गाउँपालिकातर्फ सखुवा प्रसौनीबाट पाँच वटा, बिन्दबासिनीबाट दुई वटा र जगरनाथपुर गाउँपालिकाबाट एउटा घरेलु हिंसाको उजुरी दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

यस्तै, कालिकामाई गाउँपालिकाबाट दुई वटा तथा जिराभवानी र पटेर्वासुगौली गाउँपालिकाबाट एक–एक वटा उजुरी दर्ता भएका छन्। भने पकाहामैनपुर, ठोरी र छिपहरमाई गाउँपालिकाबाट चैत महिनाभर घरेलु हिंसासम्बन्धी कुनै उजुरी नपरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

प्रहरीका अनुसार घरेलु हिंसाका घटनामा अधिकांश उजुरी परिवार तथा समाजका अगुवाको उपस्थितिमा मिलापत्र गराउने गरिएको छ।

Related posts

मालपाेत कार्यालय सारेकाे विराेधमा कलैयामा प्रदर्शन

MadhesKhabar

साहिब दरबारले आयोजना गरेकाे कार्यक्रममा १ सय ५५ जनाले गरे रगतदान

MadhesKhabar

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने

MadhesKhabar

Leave a Comment