Madhes Khabar
समाचार

मालपाेत कार्यालय सारेकाे विराेधमा कलैयामा प्रदर्शन

मधेसखबर
वीरगन्ज ,२२ भदाैं : मालपोत तथा नापी कार्यालय यथावत राख्न माग गर्दै तीन पालिकाका नागरिकले बाराकाे सदरमुकाम कलैयामा विरोध प्रदर्शन गरेका छन् ।

महागढीमाई नगरपालिका –९, सुवर्ण र देवताल गाउँपालिकाको सेवा सुविधाको कामकाज सिम्रौनगढ नगरपालिकाबाट सुरु गरेको विरोधमा स्थानीय नागरिकले प्रदर्शन गरेका हुन् ।

महागढीमाई –९ का वडा अध्यक्ष दिलीप शुक्लाको नेतृत्वमा कलैया स्थित मालपोत कार्यालयदेखि निस्केको जुलुसले प्लेकार्डसहित प्रदर्शन गरेको थियो ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि बाटोमा अवरोध गरेपछि प्रदर्शनकारी र प्रहरीबीच सामान्य विवाद पनि भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए ।

वडा अध्यक्ष शुक्लाको अध्यक्षतामा सम्पन्न कोणसभामा नागरिक समाजका अध्यक्ष उमेशलाल दासले पायक पर्ने ठाउँमा कार्यालय राख्नुको साटो नगरपालिकामा मालपोत तथा नापी लगेको निर्णय गलत रहेको बताए ।

Related posts

पर्साकाे बड्निहारबाट २० केजी गाँजा बरामद, तस्कर माेटरसाइकलसहित फरार

MadhesKhabar

एमालेको आरोप – जसपाको चुनावी सभामा बालबालिकाको प्रयोग

MadhesKhabar

बारामा फेरि अर्का भारतीय सुटर पक्राउ

MadhesKhabar

Leave a Comment