
वीरगन्ज,३०फागुन:पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहार बजार नजिकबाट प्रहरीले लागू ओैषध गाँजा बरामद गरेको छ ।
शनिबार साँझ बडनिहारबाट सोनवर्षातर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकल प्रहरीले चेकजाँचको लागि रोक्न खोज्दा माेटरसाइकलमा रहेकाे करिब २० केजी गाँजाको झोला फालेर तस्कर मोटरसाइकलसहित फरार भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिए ।
फरार माेटरसाइकल र त्यसका चालककाे खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

