Madhes Khabar
समाचार

आँफुले पढेको विद्यालयमा पुगेर नवनिर्वाचित सांसद सुशील कानुले गुरुजनबाट लिए आशीर्वाद

वीरगन्ज,२८फागुनःपर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुशील कुमार कानुले आँफुले विद्यालय शिक्षा लिएको विद्यालयमा पुगेर गुरुहरुबाट आशीर्वाद लिएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा अवस्थित रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा बिहीबार पुगेर कानुले त्यहाँ अध्यापनरत शिक्षक–शिक्षिकाहरुबाट आशीर्वाद लिएका हुन् ।

त्यसअवसरमा उक्त विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीहरुले नवनिर्वाचित सांसद कानुलाई भव्य स्वागत गर्दै दोशल्ला ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानितपनि गरेका छन् ।कानुले रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमै पढेर एसएलसीसम्मको अध्ययन पुरा गरेका थिए ।

गुरुहरुबाट आशीर्वाद र सम्मान ग्रहण गर्दै नवनिर्वाचित सांसद कानुले आँफुले शिक्षा दिक्षा लिएको विद्यालयले गरेको सम्मानले भावुक बनेको भन्दै विद्यालयले आँफुमाथि थप जिम्मेवारी बोकाइदिएको प्रतिक्रिया दिए । सांसदमा निनर्वाचित भएपछि आँफु पढेको विद्यालयमा गएर गुरुजनहरुबाट आशीर्वाद लिने इच्छा भएर नै आँफु सबैभन्दा पहिले आज विद्यालयमा आएको उनले बताए ।

उनले आफ्नै वडामा रहेको र आँफुले पढेको विद्यालयप्रति छुट्टै माया र आत्मीयता रहेको भन्दै विद्यालयको स्तरोन्नत्ती र शैक्षिक गुणस्तर अझ राम्रो बनाउनका लागि संघीय सांसदको हैसियतमा हुनसक्ने सबै सहयोग गर्ने प्रतिबद्धतापनि जनाए । उनले भने,‘ यो विद्यालय र यहाँका गुरुजनहरुकै कारण म आज यहाँसम्म आइपुगेको छु । हिजो वडाध्यक्षको जिम्मेवारीमा रहदाँँपनि यो विद्यालय मेरो प्राथमिकतामा थियो नै । अब संघीय सांसद बन्दै गरेको अवस्थामा पनि मैले आफ्नो यो विद्यालयलाई अझ प्राथमिकतामा राख्नेछु ।’

उक्त कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरुलाई इंगित गर्दै शिक्षक–शिक्षिकहरुले यहि विद्यालयमा पढेका कानु कार्यपालिका सदस्य , वडाध्यक्ष हुदैं आज सांसदजस्तो उच्च पदमा पुग्न सफल भएको उदाहरण दिदैं लगनशील भएर पढ्न सुझाव दिए ।
उनिहरुले विद्यालयको भौतिक र शैक्षिक गुणस्तरलाई अझ राम्रो बनाउन आफ्नो तर्फबाट हुनसक्ने पहल र प्रयास गरिदिन नवनिर्वाचित सांसद कानुसंग आग्रहपनि गरे ।

विद्यालयकी सहायक प्रधानाध्यापक जुली कर्णकोे अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक विनोद गिरि, लक्ष्मीनारायण साह लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

वीरगन्ज भन्सार क्षेत्रबाट हुण्डीको १० लाख रकमसहित भारतीय नागरिक पक्राउ

MadhesKhabar

ठोरीको सीमा क्षेत्रबाट १० किलो गाँजा बरामद ,तस्कर फरार

MadhesKhabar

संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु राख्दै कर्मचारीहरु आन्दोलित

MadhesKhabar

Leave a Comment