Madhes Khabar
समाचार हेडलाइन

पर्सा–२ मा सुशील कानुको अभियान तिव्र,विभिन्न पार्टी परित्याग गरि ५२ जना रास्वपा  प्रवेश

वीरगन्ज २,फागुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा संगठन विस्तारलाई तीव्र बनाएको छ। शनिबार बहुदरमाईं नगरपालिका वडा नम्बर–३ स्थित नकरदाह टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी ५२ जना नेता–कार्यकर्ता तथा समर्थकहरू रास्वपामा प्रवेश गरेका छन्।

बहुदरमाईं नगरपालिकाका रास्वपाका युवा नेता विजय प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का वडा अध्यक्ष पदका उम्मेदवार नन्दु साह, नेकपा एमालेका मनोज साह, जसपाका राजदेव राउत अहिर, हिरा साह, निरज साह लगायतका नेताहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका छन् ।नवप्रवेशीहरूलाई पर्सा–२ का रास्वपा उम्मेदवार सुशील कुमार कानुले खादा र अबिर लगाएर स्वागत गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले पर्सा–२ क्षेत्रमा बेरोजगारी, शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको बजार पहुँच र सीपमूलक तालिमको अभावजस्ता समस्यालाई प्राथमिकतामा राखेर समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले महिलालाई आत्मनिर्भर बनाउन घरमै प्राविधिक तालिम, कृषि, पशुपालन तथा सिलाइ–कटाइसम्बन्धी सीप विकास कार्यक्रम अघि सार्ने योजना समेत प्रस्तुत गरे।“जनताले विगतमा धेरै निराशा भोगे। अब राजनीति जनताको जीवनसँग प्रत्यक्ष जोडिनुपर्छ। रास्वपा त्यो विकल्प हो,” कानुले भने।

कार्यक्रममा रास्वपाका नेता चन्दन यादव, राजकिशोर साह तेली, सुनिल कुशवाहा लगायतको उपस्थिति रहेको थियो। सहभागी नेताहरूले बहुदरमाईं नगरपालिकामा रास्वपाप्रतिको आकर्षण बढ्दै गएको बताएका छन्।

स्थानीयवासीहरूले पनि पुराना दलहरूको परम्परागत राजनीतिबाट दिक्क भएर सुशासन, पारदर्शिता र अवसर सिर्जनाको एजेन्डा बोकेको रास्वपामा नयाँ आशा देखिएको प्रतिक्रिया दिएका छन्।

Related posts

जनकपुर बाेल्ट्सले एनपीएल जितेको खुसीमा सखुवा प्रसौनीमा भोलि सार्वजनिक बिदा

MadhesKhabar

पर्साको विन्दबासिनी गाँउपालिका कार्यालयमा विद्यार्थी र प्रहरीबिच झडप, चार विधार्थी घाइते

MadhesKhabar

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

Leave a Comment