Madhes Khabar
समाचार

नेता पुर्वेमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न राष्ट्रिय एकता अभियानको माग

वीरगन्ज ,८जेष्ठ : राष्ट्रिय एकता अभियानले आफना नेता मनिष पुर्वेमाथि आक्रमण गर्नेहरुलाई कारबाहीको माग गरेकाे छ ।

राष्ट्रिय एकता अभियानका नेता पुर्वेमाथि आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको थियमे । बर्दिवासबाट जनकपुर जाँदै गरेका पुर्वेलाई आइतबारराती करिव ८ वजे गुडिरहेको सार्वजनिक गाडीमा चारजनाको अज्ञात समुहले नशालु ग्याँस सुँघाएर वेहोस वनाई नियन्त्रणमा लिएको थियो। उनलाई निर्मम कुटपिट गरी मरणासन्न अबस्थामा नजिकैको खोलामा फ्याँकिएको थियाेको।

होसमा आउँदा आफु खोला किनारमा भएको पुर्वेले वताएका छन्। उनलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। पुर्वेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।

अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सोमवार विज्ञप्ति जारी गर्दै हिन्दू समाजको सेवामा आफूलाई समर्पित गरेका व्यक्तिमाथिको आक्रमण निर्लज्जताको पराकाष्ठा भएको बताएका छन्। उनले स्तब्ध पार्ने यस घटनाको गहिरो र निष्पक्ष छानबिन गर्न सुरक्षा निकायसँग माग गरेका छन्।

‘यस जघन्य कार्यमा संलग्न अपराधीहरुलाई छिट्टै पहिचान गरी पक्राउ गरी कानुनी दायरामा ल्याउन जरुरी छ । हामी कुनै पनि प्रभाव वा पूर्वाग्रहरहित निष्पक्ष छानबिनको माग गर्दछौं’ अध्यक्ष यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘हामी स्थानीय समुदाय, कानून ब्यवसायी र आम नागरिकहरूलाई सहयोग गर्न र अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी भए उपलब्ध गराएर सहयोग गर्न पनि अपिल गर्दछौं।’

Related posts

वीरगन्जमा ठूलाे परिमाणमा चरेससहित ३ जना पक्राउ

MadhesKhabar

महानगरको शहरी क्षेत्रको पनि विकास भएको छैन – राजेशमान सिंह

MadhesKhabar

पर्साकाे देउरीयामा खेतबाट १८ प्याकेट चरेस बरामद

MadhesKhabar

Leave a Comment