वीरगन्ज,४कात्तिकःबाराको बंगरी नदीमा भइरहेको औद्योगिक प्रदुषण रोक्न माग गर्दै फेटा गाँउपालिका वडा नम्बर १ का पूर्व वडाध्यक्षसहितका युवाहरुले मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको ध्यानाकर्षण गराएका छन् ।
बाराको परवानीपुर गाँउपालिकाको लिपनीस्थित मुख्यमन्त्री सोनलको निजी निवासमा मंगलबार बिहान बधाई दिन पुगेका पूर्व वडाध्यक्ष जयप्रकाश दास सहतिका युवाहरुले नदीको आद्योगिक प्रदुषण रोक्न मुख्यमन्त्री सोनलको ध्यानाकर्षण गराएका हुन् ।
मुख्यमन्त्री सोनललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदैं उनिहरुले बाराको श्रीपुर मनहर्वाको रिलायन्स सुगर मिलले उद्योगको रसायनयुक्त प्रदुषित पानी सिधै नदीमा मिसाउनँदै आएकोले तत्काल रोक्न माग गरे । साथै उनिहरुले अकवनिया–भलुही जोड्ने पुल निर्माण,अकवनियास्थित बंगरी नदीमा लगाइएको बाँधको मर्मत र. मंगदवा पुलदेखि त्रिवेणी नहरसम्मको कालोपत्रे सडक निर्माणका लागि पहल गरिदिन पनि मुख्यमन्त्री सोनलको ध्यानाकर्षण गराएका थिए ।
मुख्यमन्त्री सोनलले बंगरी नदीको प्रदुषण रोक्नका लागि मधेस प्रदेश सरकारले सम्बन्धित निकायहरुसंग समन्वय गर्ने प्रतिबद्धता जनाएको पूर्व वडाध्यक्ष दासले जानकारी दिए । अरु मागका विषयमा पनि मुख्यमन्त्री सोनलले आफ्नो तर्फबाट हुने प्रयास गरिने आश्वासन दिएको उनले बताए ।

