Madhes Khabar
स्थानिय

पर्साको मनवामा जुवाको खालमा प्रहरीको छापा : जुवाडेहरु फरार , ८ वटा मोटरसाइकल बरामद

वीरगन्ज,४कात्तिकःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बाट प्रहरीले जुवाडेहरुको ८ वटा मोटरसाइकल बरामद गरेको छ ।

वडा नम्बर ९ को बडेर्वा र मनवा बजारको जनता सडकदेखि ५० मिटर भित्र सरेह (खेत) मा बनाइएको खरको छाप्रोमा सोमबारराति जुवातास खेलिरहेका जुवाडेहरुलाई पक्राउ गर्न प्रहरी पुगेको थियो । तर प्रहरी आएको सूचना पाएर त्यहाँ जुवातास खेलिरहेका जुवाडेहरु भाग्न सफल भएपछि प्रहरीले ती जुवाडेहरुको ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

बडेर्वा र मनवा गाउको बिचमा पर्ने खेतमा छाप्रो बनाई जुवा खेलाई रहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली राति १ बजे त्यहाँ पुग्दा प्रहरीको गाडि देख्ने बित्तिक्कै जुवाडेहरु भाग्न सफल भएको र त्यहाँबाट ८ थान मोटरसाईकल मात्र बरामद गरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।

उनले भने, बरामद मोटरसाइकलहरु मनवा प्रहरी चौकीमा राखिएको छ ।तास र पैसा प्रहरीले फेला पारेन ।मोटरसाईकल धनीहरुको बारेमा अनुसन्ंधान भईरहेको छ।

Related posts

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम दिन महानगर तयार छ : मेयर सिंह

MadhesKhabar

पर्सा राष्ट्रिय निकुञ्जभित्र हतियारसहित प्रवेश गर्ने ६ जना पुर्पक्षका लागि थुनामा

MadhesKhabar

Leave a Comment