Madhes Khabar
स्थानिय

युवालाई स्वरोजगार बनाउन सीपमुलक तालिम दिन महानगर तयार छ : मेयर सिंह

वीरगन्ज, २० असार : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले युवालाई स्वरोजगार बनाउन प्राविधिक तथा सीपमुलक तालिम दिन महानगर तयार रहेको बताएका छन् ।

बुधबार वीरगन्जमा पर्सा फोटोग्राफर एशोसियसनको प्रथम साधारणसभालाई सम्बोधन गर्दै उनले फोटो ग्राफीबाटै पनि युवाहरु स्वरोजगार बन्न सफल भएको बताए । अहिले विशेष परिस्थिति तथा कुनै पनि सभासमारोहको व्यवसायीक फोटो भिडियो बनाएर राख्ने प्रचलन बढेको भन्दै यसले फोटोग्राफीमा भविष्य रहेको देखाएको उनले बताए ।

फोटोग्राफी सिक्ने र स्वरोजगार बन्न चाहने युवालाई महानगरले निशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने भन्दै उनले त्यसका लागि प्रस्ताव ल्याउन एशोसिएसनलाई आग्रह गरे ।पेशागत मर्यादा कायम गर्दै व्यवसायीक फोटोग्राफर भएर अरुलाई पनि रोजगारी दिने वातावरण बनाउन आग्रह उनले गरे ।

एशोसिएसनका अध्यक्ष ओमप्रकाश महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोटो ग्राफर एशोसिएसनका केन्द्रीय अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, श्रीराम कँडेल, दिगम्बर राजबंशी, डा.निरज सिंह लगायतको सहभागिता रहेको थियो ।

Related posts

एक्सनमा वीरगन्जका मेयर : माइराम पोखरी अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सुरु

MadhesKhabar

पर्सा मालपोत कार्यालयका तत्कालिन प्रमुख पोखरेलसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

MadhesKhabar

वीरगन्जका सरकारी कार्यालयहरुमा बेथिती र भ्रष्टचार नरोकिए आन्दोलन गर्ने एमालेको चेतावनी

MadhesKhabar

Leave a Comment