Madhes Khabar
स्थानिय

पर्साको बढनिहारमा तास खेल्दै गरेको अवस्थामा शिक्षक र पूर्व वडाध्यक्ष सहित १० पक्राउ

मधेसखबर
वीरगन्ज,०२माघ : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ बढ्निहार स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा १० जना जुवाडे पक्राउ परेका छन् ।बढ्निहारका भागवत साहको घरमा जुवातास खेल्दै गरेका १० जना जुवाडेलाइ प्रहरीले पक्राउ गरेको हो ।

साहको घरमा प्रहरीले छापा मारेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरी लगायत १० जनालाइ पक्राउ गरेको हो । उनिहरुको साथबाट १ लाख २८ हजार १ सय ४० रुपैयाँ नगद, ४ बुक तास समेत बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए ।
पक्राउ परेका जुवाडेहरुलाइ प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको गिरिले बताए ।

Related posts

ठगी मुद्धाका फरार अभियुक्त चौधरी पक्राउ

MadhesKhabar

पर्सामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

MadhesKhabar

आफ्नै नाबालिक छाेरीलाई याैन दुर्ब्यवहार गरेकाे भिडियो सार्वजनिक गर्ने पुरुष वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment