वीरगन्ज,३०कार्तिकःघुस रकमसहित पक्राउ परेका बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बिलको भुक्तानी गरेबापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ लिदैं गरेको अवस्थामा कानुलाई कार्तिक ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा कानुले घुस लिएको पुष्टि भएकाले बिगो ७८ हजार रुपैयाँ कायम गरी शुक्रबार विशेष अदालत काठमाडौंमा कानु विरुद्ध भ्रष्टचार मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

