Madhes Khabar
स्थानिय हेडलाइन

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर

वीरगन्ज,३०कार्तिकःघुस रकमसहित पक्राउ परेका बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिलको भुक्तानी गरेबापत सेवाग्राहीसँग ७८ हजार रुपैयाँ लिदैं गरेको अवस्थामा कानुलाई कार्तिक ८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा कानुले घुस लिएको पुष्टि भएकाले बिगो ७८ हजार रुपैयाँ कायम गरी शुक्रबार विशेष अदालत काठमाडौंमा कानु विरुद्ध भ्रष्टचार मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

Related posts

वीरगन्जमा पनि इर्द पर्बको उल्लास

MadhesKhabar

स्वास्थ्यमन्त्री यादवको पहिलो निर्णय :वीरगन्जको नारायणीसहित ठूला अस्पतालमा जनशक्ति थप गर्ने

MadhesKhabar

नागरिकता माग्दै काठमाडौंमा आजपनि प्रदर्शन

MadhesKhabar

Leave a Comment