Madhes Khabar
स्थानिय हेडलाइन

स्वास्थ्यमन्त्री यादवको पहिलो निर्णय :वीरगन्जको नारायणीसहित ठूला अस्पतालमा जनशक्ति थप गर्ने

फाइल तस्बिर ।

काठमाडौं,३१बैशाखःसंघीय सरकारका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले वीरगन्जको नारायणी अस्पतालसहित सरकारी अस्पतालहरुमा जनशक्ति थप गर्ने निर्णय गरेका छन् ।

सोमबार मन्त्री पदको शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै नवनियुक्त मन्त्री यादवले नारायणीसहित ठूला सरकारी अस्पतालमा जनशक्ति थप गर्ने पहिलो निर्णय गरेका हुन् ।

यादवका स्वकिय सचिव निखिल वर्णवालका अनुसार, वीरगन्जको नारायणी अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, भरतपुर अस्पताल, डडेल्धुरा अस्पताल, भेरी अस्पताल, क्षयरोग केन्द्र लगायतका संस्था तथा अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार जनशक्ति थप गर्ने मन्त्री यादवले पहिलो निर्णय गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य यादवले सोमबार साँँझ स्वास्थ्यमन्त्रीमा नियुक्त भई राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् । उनि, जनता समाजवादी पार्टीका केन्द्रिय उपमहासचिव पनि हुन् ।

यसअघि २०७९ सालमा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा यादव वन तथा वातावरणमन्त्री बनेका थिए ।

फाइल तस्बिर ।

Related posts

वीरगन्जका मस्जिदहरुमा महानगरले दियो गिजर मेशिन र कार्पेट

MadhesKhabar

वीरगन्जको खाद्य गुणस्तर तथा व्यापार कम्पनीमा किसानहरुद्धारा तालाबन्दी

MadhesKhabar

तलब बृद्धिको माग गर्दै कर्मचारीहरुले ठाकुरराम क्याम्पसमा गरे तालाबन्दी

MadhesKhabar

Leave a Comment