Madhes Khabar
कृषि हेडलाइन

वीरगन्जको खाद्य गुणस्तर तथा व्यापार कम्पनीमा किसानहरुद्धारा तालाबन्दी

मधेसखबर
वीरगन्ज,२८ मंसिर : सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद नगरेको विरोधमा आन्दोलित पर्साका किसानहरुले वीरगन्ज स्थित खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।

अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघको अगुवाइमा बुधबार किसानहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् ।यसअघि पटक पटक दबाब दिदा समेत किसानको समस्या समाधानमा सरकारले ध्यान नदिएकाले कार्यालयमा तालाबन्दी गरिएको महासंघका केन्द्रीय सदस्य उमेश साहले बताए ।

सरकारले धानको समर्थन मूल्य तोकेर पनि त्यसको कार्यान्वयन नगरेकोले किसानहरु समस्यामा परेको भन्दै गत आइतबार देखि आन्दोलनमा छन् ।गत कार्तिक १६ गते बसेको संघीय सरकारको मन्त्रीपरिषद्को बैठकले यस वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जसअनुसार मोटा धानको मूल्य प्रति क्वीन्टल २ हजार ९६७ रुपैया र मध्यम धानको मूल्य ३ हजार १२८ रुपैया निर्धारण गरिएको छ ।

तर सरकार आफैले मुुल्य निर्धारण गरेको एक महिना बित्न लाग्दा सम्म खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिटेडले किसानसंग धान खरिदको प्रकृया नै थालेको छैन । जसका कारण आफुहरु मर्कामा परेको भन्दै पर्साका किसानहरु आइतबार देखि आन्दोलित भएका हुन् ।आइतबार उनिहरुले वीरगन्जको घण्टाघर चोकबाट जुलुश निकालेर श्रीपुर स्थित खाद्य गुणस्तर तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगन्जमा पुगेर आधा घण्टा धर्ना पनि दिएका थिए ।

सरकारी निकायले धान खरिद प्रक्रिया शुरु नगरेको कारण बिचौलिया व्यापारीलाई सस्तो मूल्यमै बेच्न बाध्य भएको किसानहरुको गुनासो छ ।खेति लगाउने समयमा मल बिउको अभाव, कृषि उत्पादन लागतमा भएको मुल्य बृद्धि, कृषि श्रमिकको अभाव लगायत समस्याका बावजुद उत्पादित उपजहरु आफ्नै घोषणा तथा प्रतिबद्धता विपरीत धान खरिद नगर्नु सरकारको असक्षमताको पराकाष्ठा भएको महासंघका केन्द्रिय उपमहासचिव बाबुराम थापाले बताए ।

उनले भने ,‘ अबिलम्ब सरकारले किसानको धान खरिद प्रकृया अगाडी बढाएन भने महासंघले देशभरिका किसानहरुलाई परिचालन गरि थप अर्को चरणको आन्दोलन गर्छौ ।तालाबन्दी कार्यक्रममा अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य केशर चौलागाई , नेपाल किसान महासंघका केन्द्रीय प्रतिनिधि प्रकाश खनाल, एमालेका युवा नेता अकलेश कुमार साह लगायतको पनि सहभागीता थियो।

Related posts

पर्साको वीरगन्ज सहितका नाकाबाट सशस्त्र प्रहरीद्वारा २१ करोड बढीको तस्करीको सामान बरामद

MadhesKhabar

मेयर सिंहले गरेको प्रतिबद्धता अनुसार वडा वडामा “मेयर घरदैलो स्वास्थ्य कार्यक्रम“ शुरु गरिदै

MadhesKhabar

हैजा नियन्त्रण हुदैं गर्दा थपियाे तोडफोड–आगजनीको घाउ, तर सफा -स्वच्छ वीरगन्ज बनाउने महानगरकाे अभियान निरन्तर

MadhesKhabar

Leave a Comment