Madhes Khabar
समाचार हेडलाइन

चुनावका बेला बारामा हतियार सहित एक युवक पक्राउ

मधेसखबर
वीरगन्ज,२६ असोज : चुनावका बेला बारामा हतियार सहित एक युवक पक्राउ परेका छन् । पक्राउ पनर्नेमा पचरौता नगरपालिका वडा नम्बर ८ बाजोपट्टीका २९ बर्षिय अमर राय यादव रहेका छन् । उनको साथबाट कटुवा पेस्तोल १ थान र अत्याधुनिक चक्कु १ थान बरामद भएको बाराका प्रहरी उपपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका ९ स्थित तियर खोलाको पुलबाट यादवलाइ कटुवा पेस्तोल र चक्कु सहित पक्राउ गरेको हो ।

भारतबाट आउदै गरेका यादवले प्लाष्टिकको बोरामा भित्र लकुाइ छिपाइ राखेको अवस्थामा पेस्तोल र चक्कु बरामद भएको बोगटीले बताए । हतियार सहित पक्राउ परेका यादवलाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए ।

Related posts

वीरगन्जको मालपोत कार्यालयबाट लेखापढी व्यवसायी कलवार पक्राउ

MadhesKhabar

वीरगन्जको बयोधा हस्पिटलले उपचारका नाममा लुटीरहेको बिरामीका आफन्तको आरोप

MadhesKhabar

वीरगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्छु : उद्योगमन्त्री रिजाल

MadhesKhabar

Leave a Comment