Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जको बयोधा हस्पिटलले उपचारका नाममा लुटीरहेको बिरामीका आफन्तको आरोप

मधेसखबर
वीरगन्ज,१४ बैशाख : वीरगन्जको गण्डक स्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलले उपचारका बहानमा बिरामी र सेवाग्राहीलाई ठगेको घटना प्रकाशमा आएको छ ।हस्पिटलले उपचारको बिलमा उपचार नै नभएको शीर्षकमा समेत शुल्क जोडेर ठगी गरेको उक्त अअस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक बिरामीका आफन्तहरुको आरोप छ ।

मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का २७ वर्षिय विजय कुमार बरइलाई गत मंगलबार राति १२ बजे नेपाल मेडिसिटी बयोधा हस्पिटलमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनको बुधबार बिहान ११ बजे मृत्यु भयो ।

बरइको मृत्युपछि शव बुझने क्रममा आफन्तलाई हस्पिटलले ४ लाख ८० हजार रुपैयाको बिल थमाएको थियो ।तर आफन्तले बीलमा उल्लेख शुल्को शीर्षकहरु शंकास्पद रहेको भन्दै विवाद गरेपछि अस्पतालले ३ लाख १० हजार रुपैया मात्रै लिएर शव आफन्तको जिम्मा लगायो ।

तर उक्त बिलमा एउटै उपचारको पनि अलग अलग शीर्षक राखेर रकम जोडिएको मृतकका आफन्तहरुको गुनासो छ । अस्पतालको उक्त ठगी प्रकरण बारे मृतकका आफन्तले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् ।

पत्रकार सम्मेलनमा मृतक बरईका दाजु अजय कुमार चौरसियाले नेपाल मेडिसिटी बयोधा हस्पिटलले बिरामीको उपचारभन्दा पनि व्यपारी बनेर बिरामीलाई ठग्दै आएको आरोप लगाए । बरईको उपचारका क्रममा टाँउको शल्यकृया गरेबापत अस्पतालले अनेक शीर्षकको शुल्क जोडेर रकम असुलेको चौरसियाको आरोप छ ।

चौरसियाका अनुसार , अस्पतालले दिएको बिलमा सर्जन चार्ज (अप्रेशन गर्ने डाक्टरको शुल्क) १ लाख ९२ हजार ५ सय र अप्रेशन चार्ज १ लाख ५ हजार रुपैया उल्लेखछ । यस्तै एनेस्थेसिया चार्ज ( शल्यकृया पुर्व बिरामीलाई अचेत बनाउने शुल्क ) ५२ हजार र प्रोसेजर चार्ज ( शल्यकृयाको तयारी शुल्क ) २० हजार रुपैया पनि बीलमा उल्लेख छ ।

मृतक बरइका दाजु चौरसियाले प्रश्न गर्दै भने,‘ सर्जन चार्ज र अप्रेशन चार्ज अलग अलग किन ? अप्रेशन डाक्टरले नै गरेका हुन् , त्यसोभए सर्जन चार्ज छुट्टै लिनु कहाँ सम्मको जायज हो ? यो त सरासर लुटतन्त्र हो ।

अप्रेशन गर्नुपूर्व बिरामीलाई अचेत पार्न एनेस्थेसिया चार्ज बापत पनि छुटटै ५२ हजार र अप्रेशन गर्ने डाक्टरले गर्नु पर्ने तयारी ( प्रोसेजेर चार्ज बापत पनि छुट्टै २० हजार लिएकोले यो पनि ठगी नै भएको चौरसियाले बताए ।यसका अतिरिक्त भेन्टिलेटर चार्ज प्रतिदिनको ४ हजार ८ सय लेखिएपनि अस्पतालले २४ घण्टा भेन्टिलेटरमा राखेबापत दोब्बर शुल्क लिएको चौरसियाले बताए ।

पत्रकार सम्मेलनमा मृतकका दाजु चौरसियाले नेपाल मेडिसिटी बयोधा हस्पिटल अकुत सम्पति कमाएकाहरुले मात्रै उपचार गर्ने अस्पताल भएको आरोप लगाए । उनले यो अस्पताल उपचार सेवाका लागि नभइ व्यपारका लागि मात्र खोलिएको अस्पताल भएको आरोपपनि लगाए । चौरसियाले भने,‘ बीलमा अनावश्यक चार्ज जोडेको गुनासो लिएर अस्पतालका प्रशासन प्रमुखकोमा पुग्दा उल्टै उनले हामी सेवाका लागि होइन व्यपारका लागि अस्पताल खोलेर बसेको जवाफ पो दिए ।

अस्पतालले अप्रेशन चार्ज जोडेर लिएको भएपनि अप्रेशन नै नगरेको आशंका पनि रहेको चौरसियाले बताए । उनले भने,‘ सुरुमा अप्रेशनका लागि भनेर ४८ हजार रुपैयाँको औषधी मगाए , तर अप्रेशनपछि ४० हजारको औषधी त फिर्ता गराइदिए , अब भन्नुस् ८ हजारको मात्रै औषधीले कसरी अप्रेशन भयो होला ? ।

चौरसियाले आफनो भाईको मृत्यु भइसकेको भएपनि अस्पतालले गर्दै आएको ठगीमा अरु बिरामी नफसुन् भनेर सन्देश दिन पत्रकार सम्मेलन गरेको स्पष्ट पारे ।

यता अस्पतालकी मेडिकल सुपरिडेन्टेण्ट (मेसु) डाक्टर स्वेता झाले भने मृतक बरईका आफन्तले लगाएको आरोप निराधार भएको बताइन् । नेपाल मेडिसिटी बयोधा हस्पिटल एकदमै पारदर्शी भएको उनले दाबी गरिन् ।

उनले भनिन्,‘ अरु हस्पिटल जस्तो हामी बिरामी र आफन्तलाई भ्रममा राख्दैनौ , जे जे उपचार भएको हुन्छ बीलमा त्यसको चार्ज स्पष्ट रुपमा लेखेर दिन्छौ , हाम्रो जस्तो पारदर्शी अस्पताल शायदै अरु कुनै होला ।नेपाल मेडिसिटी बयोधा हस्पिटलको उपचार र सेवा सुविधासम्पन्न भएकाले अरु अस्पतालको भन्दा आफुहरुको उपचार शुल्क अरुको भन्दा केहि बढि नै भएको उनले स्वीकारिन् ।

 

Related posts

ठाकुरराममा उत्तरपुस्तिका साट्ने धन्दा चलाएका यादवसहित दुई जना रंगेहात पक्राउ

MadhesKhabar

पर्साको सोनवर्षामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

MadhesKhabar

वडा अध्यक्ष रमेश यादवद्वारा जसपा परित्याग, वडा अध्यक्ष पदबाट पनि राजिनामा

MadhesKhabar

Leave a Comment