Madhes Khabar
स्वास्थ्य

पर्साको सोनवर्षामा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

वीरगन्ज,५बैशाखः पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ३ सोनवर्षामा नवनिर्मित स्वास्थ्य चौकीको भवनको शुक्रबार समुद्घाटन गरिएको छ ।जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफले उक्त भवनको समुद्घाटन गरेका हुन् । त्यसअवसरमा गाँउपालिका अध्यक्ष दिनेश चौधरी,उपाध्यक्ष ममता महत्तो र प्रमुख प्रशासकीय अधिकृत प्राण मेहतकोपनि उपस्थिती थियो ।

८० लाख रुपैयाँको लागतमा सुविधासम्पन्न दुई तल्ले स्वास्थ्य चौकीको भवन निर्माण गरिएको गाँउपालिका उपाध्यक्ष महत्तोले जानकारी दिइन् । जसमा जिल्ला समन्वय समितिको ६० प्रतिशत र पटेर्वा सुगौली गाँउपालिकाको ४० प्रतिशत लगानी रहेको उनले बताइन् ।
नवनिर्मित स्वास्थ्य चौकी भवनमा कूल ६ वटा कोठाहरु रहेको छ । ओपिडी र लेबर रुमसहित शौचालयपनि रहेको उनले बताइन् ।

मुलुक संघीय संरचनापछि गएपछि वडा नम्बर ३ मा स्वास्थ्य चौकी नै सञ्चालनमा नरहेको अवस्थामा त्यस वडाका नागरिकको समस्यालाई ध्यानमा राखेर नयाँ भवन निर्माण गरेर स्वास्थ्य चौकी सञ्चालनमा ल्याइएको गाँउपालिका अध्यक्ष चौधरीले बताए । अब त्यस वडाका नागरिकलाई स्वास्थ्य सेवा लिन अन्यत्र धाउनुपर्ने बाध्यता हटेकोपनि उनले बताए । उनले उक्त स्वास्थ्य चौकीबाट छिट्टै प्रसूती सेवापनि सञ्चालन गर्ने तयारी भइरहेको जानकारीपनि गराए ।

वडाध्यक्ष माधवप्रसाद राय थारुको अध्यक्षता तथा गाँउपालिकाका अध्यक्ष चौधरी र उपाध्यक्ष महत्तोको विशिष्ठ आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा ,वडा नम्बर २ का वडाध्यक्ष विजय गैरे ,गाँउपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजेन्द्र यादव , स्वास्थ्य चौकीका इन्चार्ज दिपनारायण चौधरी,स्थानीय अगुवा, महिला स्वास्थ्य स्वंयसेविका लगायतकाकोपनि सहहभागीता थियो ।

Related posts

वीरगन्जमा इन्जिनियर एशोसिएसनको कार्यक्रममा ३४ जनाद्धारा रगत दान

MadhesKhabar

नारायणी अस्पतालमा चार दिनपछि डाक्टरहरु फर्किए, बिरामीहरुले पाउन थाले उपचार

MadhesKhabar

खुल्ला ठाँउमा खानेकुराको बिक्रीमा रोक्न लगाउन वीरगन्ज महानगरलाई सरोकारवालाहरुको सुझाव

MadhesKhabar

Leave a Comment