Madhes Khabar
स्थानिय हेडलाइन

वडा अध्यक्ष रमेश यादवद्वारा जसपा परित्याग, वडा अध्यक्ष पदबाट पनि राजिनामा

मधेसखबर

वीरगन्ज,०२ भदौ : वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेको घोषणा गरेका छन्। यसका साथै उनले वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको घोषणा गरेका छन् ।

बिहीबार साँझ सामाजिक सन्जाल फेसबुकमा राजिनामा पत्र पोस्ट गर्दै यादवले आफुले आजकै मिति देखि जसपा पार्टीमा नरहेको र वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको बताएका छन्।

जसपा पर्साका अध्यक्षलाइ सम्बोधन गर्दै लेखिएको राजिनामा पत्रमा यादवले आफ्नो स्वास्थ्य ठिक नभएकोले आजका मिति देखि आफु जसपा पार्टीमा नरहेको र वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको बताएका छन्।

गत बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा यादव वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्षमा जसपाबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।

Related posts

डेढ महिनामा वीरगन्ज महानगरकाे आन्तरिक आम्दानी साढे सात कराेड

MadhesKhabar

वीरगन्जमा आयोजित दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधी मधेस प्रदेशलाई

MadhesKhabar

शिक्षक संघ वीरगन्ज महानगरका नवनिर्वाचित कार्यसमितिको पदस्थापन समारोह सम्पन्न

MadhesKhabar

Leave a Comment