Madhes Khabar
स्थानिय हेडलाइन

वडा अध्यक्ष रमेश यादवद्वारा जसपा परित्याग, वडा अध्यक्ष पदबाट पनि राजिनामा

मधेसखबर

वीरगन्ज,०२ भदौ : वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादवले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेको घोषणा गरेका छन्। यसका साथै उनले वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको घोषणा गरेका छन् ।

बिहीबार साँझ सामाजिक सन्जाल फेसबुकमा राजिनामा पत्र पोस्ट गर्दै यादवले आफुले आजकै मिति देखि जसपा पार्टीमा नरहेको र वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको बताएका छन्।

जसपा पर्साका अध्यक्षलाइ सम्बोधन गर्दै लेखिएको राजिनामा पत्रमा यादवले आफ्नो स्वास्थ्य ठिक नभएकोले आजका मिति देखि आफु जसपा पार्टीमा नरहेको र वडा अध्यक्ष पदबाट पनि राजिनामा दिएको बताएका छन्।

गत बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा यादव वीरगन्ज महानगरपालिका वडा नम्बर १५ को वडा अध्यक्षमा जसपाबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।

Related posts

श्रीराम जन्मोत्सवमा यसपालि पनि वीरगन्जमा निकालियो ‘भव्य शोभा यात्रा’ (फोटो फिचर)

MadhesKhabar

सरकार र उद्योगी मिलेर बढाए ग्यासको भाउ,अब एक सिलिण्डर ग्यासको मूल्य कति ?

MadhesKhabar

नारायणी अस्पतालका नयाँ मेसुको सह्रानीय काम : अबदेखि सुत्केरी महिलाले निःशुल्क रगत पाउने

MadhesKhabar

Leave a Comment