Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

श्रीराम जन्मोत्सवमा यसपालि पनि वीरगन्जमा निकालियो ‘भव्य शोभा यात्रा’ (फोटो फिचर)

वीरगन्ज,२४चैतःभगवान् श्रीरामको जन्मोत्सवमा यसपालिपनि आइतबार वीरगन्जमा भव्य शोभा यात्राका साथै मोटरसाइकल रयालि निकालिएको छ ।

रामनवमीका अवसरमा आइतबार बिहान वीरगन्ज–१० घडिअर्वास्थित रामजानकी मन्दिर परिसरबाट भगवान् श्रीरामको शोभा यात्रा निकालिएको हो । वीरगन्ज महानगरपालिका र वडा नम्बर १० को वडा समिति कार्यालयको समन्वय र स्थानीयको सहभागीतामा मन्दिर पसिरबाट निकालिएको शोभा यात्राले नगर परिक्रममा गरेको थियो ।

‘जय श्रीराम’ नारा अंकीत भगवा झण्डा र बाजागाजा सहित निस्किो शोभा यात्राले माईस्थान, आदर्शनगर, अलखियामठ हुदैं पुन घडिअर्वा पोखरस्थित रामजानकी मन्दिरमा पुगेर समापन भएको थियो । शोभा यात्रामा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, वडासदस्य सन्तोष जैशी,प्रभु महतोका साथै भक्तजनहरुको उल्लेख्य सहभागीता थियो ।

शोभा यात्रापछि मन्दिर परिसरमा पुगेका भक्तजनहरुलाई मेयर सिंहले प्रसादका रुपमा लड्डु बाँडेका थि ए भने खीरपनि प्रसादका रुपमा वितरण गरिएको घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानुले जानकारी दिए ।

यस्तै रामनवमीकै अवसरमा कुर्मी सशक्तिकरण मञ्च पर्सालेपनि वीरगन्जमा आइतबार भगवा झण्डासहित बृहत मोटरसाइकल र्याली निकालेर नगर परिक्रमा गरेको थियो ।

 

Related posts

वीरगन्जमा चार महिनामा १ हजार ४ सय घरमा खानेपानी संस्थानको धारा जडान

MadhesKhabar

यस वर्षको एसईई चैत दोस्रो हप्ता हुने

MadhesKhabar

वीरगन्जमा भइरहेका विकास निर्माणका काममा सांसद यादवको चासाे

MadhesKhabar

Leave a Comment