Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालका नयाँ मेसुको सह्रानीय काम : अबदेखि सुत्केरी महिलाले निःशुल्क रगत पाउने

वीरगन्ज,२१असोज : वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलाले अब रक्त सञ्चार केन्द्र वीरगन्जबाट निःशुल्क रगत पाउने भएका छन् ।

नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाबिच सोमबार अस्पतालमा उपचारका लागि आउने सुत्केरी महिलाको उपचारमा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने र त्यसबापतको लाग्ने शुल्क अस्पतालले केन्द्रलाई तिर्ने सम्झौता भएको हो ।

रक्त सञ्चार केन्द्रले बिरामीको उपचारमा आवश्यक पर्ने रगतको ब्याग,क्रस म्याच, ग्रुपीङ एंव परिक्षण बापत पप्रति युनिट रगतको १ हजार ५० रुपैयाँ शुल्क लिने गरेको छ ।

उक्त शुल्क अब नारायणी अस्पतालले रक्त सञ्चार केन्द्रलाई तिर्ने गरी सोमबार अस्पताल प्रशासन र रेडक्रस सोसाइटी  पर्सा शाखाबिच सम्झौता गरिएको हो । रेडक्रस पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल र नारायणी अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले हस्ताक्षर गरेको सम्झौतापत्रमा नाारायणी अस्पतालमा उपचारका लागि आउने सुत्केरीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत रक्त सञ्चार केन्द्रले उपलब्ध गराउने,रक्त सञ्चार केन्द्रबाट सुत्केरी महिलालाई उपलब्ध गराउने रगतको शुल्कको हिसाब रक्त सञ्चार केन्द्रले हरेक महिनाको ५ गते अस्पताललाई बुझाउने र अस्पतालले त्यही महिनाभित्रमा उक्त रकम उपलब्ध गराउने उल्लेख छ ।

नारायणी अस्पतालको प्रसूती विभागमा हरेक दिन औसतमा २५ देखि ३० जना महिलाले सुत्केरी सेवा लिदै आएको अस्पतालका प्रमुख मेसु डा. दासले जानकारी दिए ।सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता,रेडक्रस साोसाइटी पर्साकी उपसभापति मधु राणा,मन्त्री शैलेन्द्र चौरसिया,रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे लगायतकोपनि उपस्थिती थियो ।

Related posts

नविनतम उपचार प्रविधीहरु भित्रयाउँदै नेपाल मेडिकल कलेज

MadhesKhabar

राजनीतिक गतिविधिमा भाग लिने शिक्षक र प्राध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

MadhesKhabar

गढीमाई दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सञ्चालन

MadhesKhabar

Leave a Comment