Madhes Khabar
स्थानिय हेडलाइन

मधेसमा केही दिन अझै गर्मी बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं,१३जेष्ठः मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराई–मधेसका जिल्लाहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यसको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो ।

महाशाखाका अनुसार, मधेस, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा विगत केही दिनदेखि अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस वा त्योे भन्दा बढी नै मापन गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, माङ्सपेशीहरू दुख्ने, बान्ता हुनेलगायत समस्या आउने भन्दै सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिड्ने, हल्का तथा सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरिएको छ ।साभारः अनलाइनखबर

 

Related posts

वीरगञ्जका कक्षा ९ र ११ का विधार्थीहरुलाई वीरगञ्ज महानगरद्वारा छात्रवृत्ति प्रदान

MadhesKhabar

अनुशासन र अध्ययनमा अब्बल बन्दै रोयल एकेडेमीका विधार्थीहरु

MadhesKhabar

वीरगन्जमा विद्यमान विधुतका समस्याहरु सामधान गर्न घिसिङसंग मेयर सिंहको आग्रह

MadhesKhabar

Leave a Comment