Madhes Khabar
स्थानिय

वीरगन्जको शंकराचार्य गेटमा जडान गरिएको बत्ती चोर्ने एक जना पक्राउ

वीरगन्ज,२२असोज : नेपाल–भारत नाका स्थित शंकराचार्य प्रवेशद्वारलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिकाले नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्वारलाई आकर्षक बनाउन जडान गरेको बत्ति गत शुक्रबार राति चोरी भएको थियो ।प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले बत्ति चोरी गरेर लैजाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयाका अरमान अलीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अलीलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर अभद्र व्यवहार कसूरमा मुद्धा चलाइएको पर्साका प्रहरी नायब उपरीक्षक कु्मार बिक्रम थापाले जानकारी दिए ।यस अघि घण्टाघर सौन्दर्यकरणमा प्रयोग भएको बत्तिपनि चोरी भएको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरि कारबाही गरिसकेको छ ।

Related posts

पर्साकाे ओरिया खाेलामा हराएका दुई वटा सिमास्तम्भ भेटियाे

MadhesKhabar

वीरगन्जको यातायात कार्यालयमा मन्त्री सिंहकाे आकस्मिक अनुगमन

MadhesKhabar

बारामा हुण्डी कारोबार गर्ने गिरोह नगद २१ लाखसहित पक्राउ

MadhesKhabar

Leave a Comment