Madhes Khabar
स्थानिय

अमलेखगञ्जको जंगलमा बाघले खाँदै गरेको अवस्थामा शव फेला

बारा,४असारःबाराको जीतपुरसिमरा उपमहानगरपालिका– २१ अमलेखगञ्जस्थित जंगलमा बाघको आक्रमणबाट एक स्थानीयको ज्यान गएको छ । बाघको आक्रमणबाट स्थानीय ५० वर्षीय चन्द्रबहादुर ब्लोनको ज्यान गएको हो ।

गाउँछेउको जंगलमा मंगलबार दिउँसो बाख्रा चराउन गएका ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान फेला परेको हो ।मंगगलबार साँझ अबेलासम्म पनि जंगलबाट नफर्किएपछि आफन्त र स्थानीयले उनको खोजी गरिरहेका थिए । जंगलमा खोज्दै जाने क्रममा बाघले क्षतविक्षत पारेर खाँदै गरेको अवस्थामा स्थानीयले ब्लोनको शव फेला पारेको जीतपुरसिमरा– २१ वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।

शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयवासी घटनास्थल पुगेका छन् । अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए।इन्दिप कोइराला/नयाँपत्रिका

 

Related posts

बिन्दवासिनी गाउँपालिकामा पनि पुग्याे राष्ट्रिय भूमी आयाेग

MadhesKhabar

जनताकाे गुनासो सुन्न मेयर सिंह गाउँमा

MadhesKhabar

पानी माग्दै वीरगन्जका मुस्लिमले अल्लाहलाई गुहारे, इदगाहमा सामुहिक रुपमा गएर पढे नमाज

MadhesKhabar

Leave a Comment