Madhes Khabar
समाचार

पर्सामा अटोरिक्साको ठक्करबाट एक सशस्त्र प्रहरी घाइते

मधेसखबर
वीरगन्ज,०५ कार्तिक : पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर २ स्थित लाटोमाइ मन्दिर नजिकै अटोरिक्साको ठक्करबाट एक जना सशस्त्र प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक रमेश साख घाइते भएका हुन् ।

हात भाँचिएको उनको वीरगन्ज स्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । लाटोमाइ मन्दिर नजिकैको सडकमा शुक्रबार राति नेपाल प्रहरी र सशस्त्र प्रहरीले सवारीसाधनको चेकजाँच गर्ने क्रममा सुवर्णपुरबाट आउँदै गरेका ना २ ह १४५४ नम्बरको अटोरिक्साले साखलाइ ठक्कर दिएको हो । अटोरिक्सा चालकले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष बस्नेतले बताए ।

ठक्कर दिने अटोरिक्सा सहित त्यसका चालक जगरनाथपुर गाउँपालिकाकै वडा नम्बर १ घर भएका सीताराम रायलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखेको छ ।

 

 

Related posts

वीरगन्जमा प्रतिबन्धित भारतीय नोट २८ लाख सहित तीन महिला पक्राउ

MadhesKhabar

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन प्रहरीलाई गृहमन्त्री गुरुङको निर्देशन

MadhesKhabar

मकवानपुरमा गाडी दुर्घटना हुदा चार जनाको मृत्यु

MadhesKhabar

Leave a Comment