Madhes Khabar
समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

बारा,१०भदाैं:रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका हुन्।

यादव रसुवास्थित अपर त्रिशूली हाइड्रोपावरको ३३ मेगावाट आयोजनामा कार्यरत रहेको स्थानीय परवेज खानले जानकारी दिए। उनका अनुसार यादव सोमबार बिहान करिब ९ बजेपछि सम्पर्कविहीन भएका हुन्।

एक्कासि आएको बाढीपछि यादवको अवस्था अज्ञात रहेको र उनको खोजी भइरहेको खानले बताए। यादव सम्पर्कविहीन भएपछि उनका परिवार तथा आफन्त चिन्तित बनेका छन्।

यादवका परिवारजनले उनको खोजी तथा उद्धारका लागि सरकारी निकायसँग आग्रह गरेका छन्।साभार:नयाँ पत्रिका

Related posts

बारामा ब्राउन सुगरसहित ५ जना पक्राउ

MadhesKhabar

२० बर्षदेखि फरार अभियुक्त वीरगन्जमा पक्राउ

MadhesKhabar

भारतबाट ३२ लाख रुपैयाँ बोकेर नेपाल आउँदै गरेका २ युवक पक्राउ

MadhesKhabar

Leave a Comment