Madhes Khabar
समाचार

बारामा ब्राउन सुगरसहित ५ जना पक्राउ

जिप्रका बारा।

बारा,३मंसिरःबारामा लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पाँच जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका वडा नम्बर. १ त्रिबेणीका ४२ वर्षीय कृष्ण महतो, त्यहि ठाउँका ३२ वर्षीय लालुकुमार बैठा, ३६ वर्षीय लालु साह,निजगढ नगरपालिका–८ निजगढका ४० वर्षीय राजकुमार लामा र २५ वर्षीय अभिशेक श्रेष्ठ रहेका छन् ।

बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिबेणीका ४२ वर्षीय कृष्ण महतोको घरमा ब्राउन सुगरको खरिबिक्री भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । उक्त सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्रसौनी बारा र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्जको संयुक्त टोलीले महतोको घरमा पुगेर छापामा मार्दा २३ ग्राम ७१० मिलिग्राम ब्राएन सुगर बरामद भएपछि घरधनी महतोसहित पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।

ब्राउन सुगरसहित पक्राउ परेका पाँचै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेठले जानकारी दिए ।
फाइल तस्बिर ।

Related posts

ठोरी नाकाबाट ठूलो परिमाणमा लागु औषध सहित एक युवक पक्राउ

MadhesKhabar

पर्साको भतौडास्थित एक घरमा प्रहरीको छापा, गाँजासहित घरधनीका छोरा पक्राउ

MadhesKhabar

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ

MadhesKhabar

Leave a Comment