Madhes Khabar
समाचार

पर्साको जगरनाथपुरमा भूमि सम्बन्धी अभिमुखीकरण सम्पन्न


मधेसखबर
वीरगञ्ज, २५ भदौ । पर्साको जगरनाथपुर गाउँपालिकामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ । राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अभिमुखीकरण दिइएको हो ।

भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका सदस्य सुरेन्द्र सिंहले सहभागीहरुलाई प्रशिक्षण दिएका हुन् ।

‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरणको आयोजना गरेको हो ।

कार्यक्रममा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती गठन गर्ने निर्णय पनि गरिएको छ । पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको आयोगका अध्यक्ष अहमदले जानकारी गराए ।


वडामा सहजीकरण समिती र पालिकामा सेवा केन्द्र स्थापना गर्न गाउँपालिका अध्यक्ष श्रीकान्त यादव पनि सकरात्मक रहेको देखिन्छन् । भूमिहिन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिकाबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्षले भूमि आयोगका कामलाई सहयोग गर्ने बताए ।

अभिमुखीकरणमा गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव , उपाध्यक्ष बबिता सिंह क्षेत्री, सम्पुर्ण वडाका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुको सहभागीता रहेको थियो ।

Related posts

एक वर्ष नबित्दै ३ करोडमा किनेको स्मार्ट लाइसेन्स छाप्ने मेसिन बिग्रियो

MadhesKhabar

वीरगन्ज जेसीजको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन

MadhesKhabar

वीरगन्जका वरिष्ठ पत्रकार चन्द्र किशाेरसहित पाँच पत्रकार राष्ट्रपतिबाट सम्मानित

MadhesKhabar

Leave a Comment