वीरगन्ज,२८मंसिरःवीरगन्ज जेसीज वर्ष २०२६ को अध्यक्षमा रबिन्द्र श्रेष्ठ तयन भएको छ । शनिबार सम्पन्न वीरगन्ज जेसीजको ५३ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । श्रेष्ठ यसअघि कार्यकारिणी उपाध्यक्ष थिए ।
यस्तै वीरगन्ज जेसीज वर्ष २०२६ को कार्यकारिणी उपाध्यक्ष पदमा रोशन दास थारु र रामानन्द चौधरी,उपाध्यक्षमा निश्चल प्रजापति, दीपक कुमार मेहता, रोहित गुप्ता र राकेश प्रसाद कुशवाहा पनि सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले शनिबार नै उमेश गुप्तालाई कानुनी सल्लाहकार, प्रकाश साहलाई महासचिव तथा पप्पु गुप्तालाई कोषाध्यक्ष पदमा मनोनयन गरेका छन् ।
यस्तै वीरगन्ज जेसीजको अध्यक्ष सल्लाहकारमा पूर्व अध्यक्षहरू मुकेश सिंह, सन्तोष खनाल, बद्री बहादुर अधिकारी, गणेशमान श्रेष्ठ, निशान्त कुमार लामिछाने र अमित श्रेष्ठलाई मनोनयन गरिएको छ । साथै पूर्व अध्यक्ष अमर बहादुर गौतमलाई प्रमुख अध्यक्ष सल्लाहकारको रूपमा मनोनयन गरिएको छ ।
वीरगन्ज जेसिज वर्ष २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा शनिबार साधारण सभा सम्पन्न भएको थियो ।

