Madhes Khabar
समाचार

संघीय निजामती विधेयक असार महिनाभित्रै आउँछ : मन्त्री गुप्ता

फाइल तस्बिर ।

रौतहट,६असार:संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक यही असार महिनाभित्र आउने बताएका छन् ।

शुक्रबार आयाेजित राैतहटकाे गरुडा नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै मन्त्री गुप्ताले संघीय निजामती विधेयक केही दिनमा प्रतिनिधिसभाबाट पास हुने र राष्ट्रियसभामा जाने मन्त्री बताए । उनले अब स्थानीय सरकार आफैँ सक्षम हुँदै गइरहेकाले अझ अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।

गरुडा नगरपालिकाका मेयर कन्थमनीप्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमेयर पुनम चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ को संशोधित बजेट, कार्यक्रम तथा योजनाको विवरण प्रस्तुत गरेकी थिइन् । नगरसभामा उनले ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँ बराबरको आयव्ययसहितको बजेट प्रस्तुत गरेकी हुन्।

Related posts

कांग्रेसले टिकट दिएन स्वतन्त्रमा जिते

MadhesKhabar

नेपाल भारत बिचको सम्बन्ध बिगार्न चिन र पाकिस्तानको चलेखल : अध्यक्ष झा

MadhesKhabar

मधेसमा निर्माण गरिएका खानेपानीका ओभरहेड ट्यांकी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन

MadhesKhabar

Leave a Comment