Madhes Khabar
समाचार

संघीय निजामती विधेयक असार महिनाभित्रै आउँछ : मन्त्री गुप्ता

फाइल तस्बिर ।

रौतहट,६असार:संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक यही असार महिनाभित्र आउने बताएका छन् ।

शुक्रबार आयाेजित राैतहटकाे गरुडा नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै मन्त्री गुप्ताले संघीय निजामती विधेयक केही दिनमा प्रतिनिधिसभाबाट पास हुने र राष्ट्रियसभामा जाने मन्त्री बताए । उनले अब स्थानीय सरकार आफैँ सक्षम हुँदै गइरहेकाले अझ अधिकारसम्पन्न बनाउनुपर्ने बताए ।

गरुडा नगरपालिकाका मेयर कन्थमनीप्रसाद जयसवालको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमेयर पुनम चौधरीले आगामी आर्थिक वर्ष २०८२/८३ को संशोधित बजेट, कार्यक्रम तथा योजनाको विवरण प्रस्तुत गरेकी थिइन् । नगरसभामा उनले ६९ करोड २६ लाख १७ हजार ३६७ रुपैयाँ बराबरको आयव्ययसहितको बजेट प्रस्तुत गरेकी हुन्।

Related posts

पर्साको झौवाँबाट १०२ बोरा चाइनिज लसुन बरामद

MadhesKhabar

खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न कर्मचारीलाई मन्त्री यादवको निर्देशन

MadhesKhabar

भारतबाट तस्करी गरी ल्याइएको ७१२ बाेरा मल सहित एक तस्कर वीरगन्जबाट पक्राउ

MadhesKhabar

Leave a Comment