Madhes Khabar
समाचार हेडलाइन

नेपाल भारत बिचको सम्बन्ध बिगार्न चिन र पाकिस्तानको चलेखल : अध्यक्ष झा

मधेसखबर
वीरगन्ज , १३ भदौं : नेपाल–भारत खुला सीमा संवाद समूह नेपालका राष्ट्रीय अध्यक्ष राजीव झाले नेपाल र भारत दुइ छिमेकी बिचको प्रचीन एंव ऐतिहासिक सम्बन्ध माथि पाकिस्तान र चीनको गलत नजर रहेको बताएका छन् ।

वीरगन्जको सीमावर्ती सहर रक्सौलमा दुवै देशका प्रबुद्ध व्याक्तित्वहरुको सहभागीतामा आयोजित गोष्ठीमा बोल्दै झाले चीन र पाकिस्तानले नेपाल भारत बिचको सम्बन्ध बिगार्ने चलखेल गरिरहेको आरोप लगाउदै त्यस प्रति सजग रहनु पर्नेमा जोड दिए । उनले दुइ देशको सम्बन्ध बिगारेर सीमामा तार बार लगाउने परिस्थितीको सृजना गर्ने षडयन्त्र पनि चीन र पाकिस्तानले गरिएको आरोप लगाए ।

उनले दुवै देशका सीमा क्षेत्रमा रहेका जनताको समस्या अध्ययनका लागि एउटा उच्चस्तरी समिति गठन गर्न माग पनि गरे । सीमान्चल क्षेत्रका जनस्तर बिचको सम्बन्धलाइ अझ मजबुत र सुमधुर बनाउनका लागि समय समयमा बैठक गर्नु पर्ने आवश्यकता रहेकाो पनि उनले बताए ।

गोष्ठीमा सहभागी नेपालको गृह मन्त्रालयका पूर्व सँयुक्त सचिव कुशेश्वर झाले सीमा क्षेत्रमा बस्नदे दुवै देशका नागरिक बिना बर्दीको सिपाही भएकाले उनिहरुको कुरा काठमाण्डौ र दिल्लीमा बसेकाहरुले सुन्नु पर्ने बताए । त्यहि अनुसार दुवै देशले नीति र योजना बनाउनु पर्ने उनको भनाइ थियो ।

सीमा जागरण मंचका स्टेट कोर्डिनेटर महेश अग्रवालले यूरोपियन यूनियनका मुलुकहरुमा भएको जस्तै भारत र नेपालमा एकै खालको मुद्रा र पासपोर्टको व्यवस्था लागु गर्नु पर्ने बताए ।मीडिया फर बोर्डर हार्मोनीका केन्द्रिय अध्यक्ष प्राध्यापक उमा शंकर प्रसाद र सचिव दीपक कुमारले सीमा क्षेत्रको सर्वांगीण विकासका लागि स्थलगत अध्ययन गरि विशेष नीति बनाउनु पर्नेमा जोड दिए ।

रक्सौल चेम्बर अफ कमर्स एण्ड इंडस्ट्रीजका अध्यक्ष अरुण कुमार गुप्ताले सीमा क्षेत्रमा भौतिक पुर्वाधारको कमीका साथै सहज सन्चार र यातायातको आभाव रहेको बताए । ठाँउ ठाँउमा हुने गरेको सुरक्षा चेकजांचको निहुमा वीरगन्ज–रक्सौल जाउजाउ गर्नेहरुलाइ अनाहकमा प्रतााडित गरिदै आएको पनि उनले बताए ।
स्वच्छ रक्सौल संस्थाका सचिव डाक्टर मुराद आलमले सीमा क्षेत्रमा लागु औषधको कारोबार फस्टाएकाले युवा पिढी बर्बाद भइरहेको बताए ।

Related posts

सर्लाहीमा जलाउन लागेको युवतीको शव प्रहरी नियन्त्रणमा, पतिसहित तीन जना पक्राउ

MadhesKhabar

नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

MadhesKhabar

वीरगन्जको बीपी उद्यान परिसरमा हरित पार्क निर्माणको काम सुरु

MadhesKhabar

Leave a Comment