Madhes Khabar
खेलकुद हेडलाइन

जापानलाइ हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

काठमाडौं,१६असार:ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

साेमबार राति सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा जापानलाई २–१ गोलले हराउँदै पाँच पटकको च्याम्पियन ब्राजिलले अन्तिम १६ मा स्थान बनाएको हो।

एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कमब्याक गर्दै जित निकाल्यो। खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए।

५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए। त्यसपछि खेल अतिरिक्त समयमा धकेलिने अवस्थामा पुगदा अन्तिम समयमा वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई महत्वपूर्ण जित दिलाए।

हारसँगै जापानको विश्वकप यात्रा राउन्ड अफ ३२ मै सकिएको छ। ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ।

Related posts

वीरगन्जकाे गहवामाई रथ यात्रामा उर्लियाे हिन्दु जनसागर

MadhesKhabar

अंग्रेजी नयाँ वर्षमा पर्यटक भित्र्याउने तयारीमा पर्साका पालिकाहरू

MadhesKhabar

वीरगन्ज महानगरद्वारा लोकसेवाको तयारीका लागि निशुल्क कक्षा सन्चालन

MadhesKhabar

Leave a Comment