Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज महानगरद्वारा लोकसेवाको तयारीका लागि निशुल्क कक्षा सन्चालन

मधेसखबर
वीरगन्ज,२८माघ : वीरगन्ज महानगरपालिकाले युवाहरुलाई लक्षित गरि लोकसेवा आयोगको परिक्षाका लागि निःशुल्क तयारी कक्षा सन्चालन गरेको छ ।वीरगन्ज महानगरपालिकाको सहयोगमा यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनले लोकसेवाको तयारी कक्षा शनिबार देखि सन्चालन गरेको हो ।

निजामति कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मी बन्ने इच्छा राखेका तर खर्च अभावमा लोकसेवाको तयारी गर्न नसकेकाहरुलाई लक्षित गरि महानगरले निशुल्क तयारी कक्षा सुरु गरेको हो । तयारी कक्षामा ३८ जना महिला र ५७ जना पुरुष गरि ९५ जनाको सहभागिता रहेको छ ।तयारी कक्षामा सहभागीहरुलाई धनञ्जय कुमार सिंह, सुरज राम, श्यामविनय चौधरी, सुरज कुमार यादव र हेमन्त यादवले प्रशिक्षण दिइरहेका छन् ।

तयारी कक्षाको शनिबार उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा सुरु गरिएको बताए ।

निजामति प्रशासन, शिक्षक तथा सुरक्षा क्षेत्रमा यहाँका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै उनले त्यसैलाइ मध्यनजर गरि तयारी कक्षा संचालन गरेको पनि बताए ।राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै मेयर सिंहले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउन भनेर पनि तयारी कक्षा सन्चालन गरिएको बताए ।

महानगरले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको कक्षामा सहभागिहरुले बताएका छन् ।महानगरले निशुल्क कक्षा सुरु गरेसँगै महंगो शुल्क तिरेर तयारी कक्षा लिनुपर्ने बाध्यता हटेको उनीहरुको भनाई थियो ।

यू.डी.वाई सेफ कम्प्युटर एजुकेसनका संचालक बंसी गुप्ताको अध्यक्षतामा शनिबार आयोजित तयारी कक्षाको उद्घाटन कार्यक्रममा वीरगन्ज ३ का वडाध्यक्ष बैजुलाल श्वर्णकार, कार्यपालिका सदस्य कनिका कौसिक, महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, सामाजिक विकास शाखा प्रमुख राजिव गिरि लगायतको सहभागिता थियो ।

Related posts

एडिबीको सहयोगमा सिर्सिया नदिको प्रदुषण नियन्त्रणको काम छिट्टै सुरु हुदैंछ : मन्त्री यादव

MadhesKhabar

बाढीले पर्साको गण्डक नहरमा ५ करोड भन्दा बढीको क्षति

MadhesKhabar

वीरगन्जमा कर्फ्युलाई निरन्तरता दिने प्रशासनको निर्णय

MadhesKhabar

Leave a Comment