Madhes Khabar
समाचार

एक वर्ष नबित्दै ३ करोडमा किनेको स्मार्ट लाइसेन्स छाप्ने मेसिन बिग्रियो


मधेशखबर
वीरगंज असार ३० यातायात व्यवस्था विभागले करिब ३ करोडमा किनेको स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स छाप्ने मेसिन एक वर्ष नबित्दै बिग्रिएको पाइएको छ । महालेखा परीक्षकको ५९औं प्रतिवेदनले वारेन्टी दिएर किीनएको मेसिनको मर्मत पनि नगरिएको औल्याएको छ ।

चार थान स्मार्ट कार्ड प्रिन्टर खरिद गर्नका लागि विभाग र एक कम्पनी बीच १५ अक्टोबर २०१७ मा अमेरिकी डलर २ लाख ४४ हजारको सम्झौता भएको थियो । महालेखाका अनुसार प्रिन्टरको २४ फेब्रुअरी २०१९ मा जारी गरेको स्वीकार्य प्रमाण पत्रमा वारेन्टी अवधि ३ वर्ष उल्लेख छ ।

प्राविधिक स्पेसिफिकेसनमा समेत वारेन्टी अवधि ३ वर्ष उल्लेख गरी खरिद सम्झौता भएको देखिएकोले स्वीकार्य प्रमाण पत्रमा जारी मितिले वारेन्टी अवधि २४ फेब्रुअरी २०२२ सम्म अवस्था थियो ।

तर ४ थान स्मार्ट कार्ड प्रिन्टर २०२० देखि नै बिग्रिएको महालेखाले जनाएको छ । आपूर्तिकर्ता कम्पनीले वारेन्टी अवधिमा मर्मत नगरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

खरिद सम्झौताको विशेष शर्त १५.१ मा स्मार्ट कार्ड प्रिन्टरको १० प्रतिशत भुक्तानी वारेन्टी सकिएपछि मात्र गर्ने उल्लेख छ । तर, वारेन्टी अनुसार मर्मत सुविधा नदिएकोले भुक्तानी बाँकी रहेको १० प्रतिशतले हुने अमेरिकी डलर २४ हजार ४०० को हुने रू.२९ लाख ३२ हजार भुक्तानी गर्न नमिल्ने महालेखाको ठहर छ ।
साभार : अनलाईनखबर

Related posts

रौतहटमा करेन्ट लागेर एक बालिकाकाे मृत्युु

MadhesKhabar

बैंकिङ्ग कसूर मुद्धामा ३० लाख जरिवाना तोकिएका फरार अभियुक्त तेली वीरगन्जबाट पक्राउ

MadhesKhabar

पर्साको देउरीयामा धान खेतबाट ठूलो परिमाणमा चरेस बरामद, खेतधनी फरार

MadhesKhabar

Leave a Comment