Madhes Khabar
समाचार

तस्करीको भन्दै दुईवटा भैंसी र एउटा पाडा पर्सा प्रहरीले नियन्त्रणमा लियो

वीरगन्ज,१५चैतः भारतबाट तस्करी गरी ल्याइएको भन्दै प्रहरीले दुई वटा भैंसी र एउटा पाडा नियन्त्रणमा लिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर चोकबाट प्रहरीले दुहुना भैंसी दुईवटा र पाडा एउटा नियन्त्रणमा लिएको हो । प्रहरीले भैंसीका साहु पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ का ५५ बर्षिय जोतनारायण यादवलाईपनि नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार, भैंसी र पाडा लिएर नवलपरासीतर्फ जाँदै गरेको ना ५ च ३३८६ नम्बरको पिकअप गाडी प्रहरीले परवानीपुर चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा भारतबाट राजश्व छलेर ल्याइएको अवस्थामा उक्त गाडीबाट दुई वटा भैंसी र एउटा पाडा बरामद भएपछि गाडीसहित भैंसी साहु यादवलाई नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक कुमार विक्रम थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइएका भैंसी, पाडा र गाडीलाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थापाले बताए।

Related posts

बाराको खपरपतामा ३ करोडको लागतमा बनेको खानेपानी आयोजनाको मन्त्री यादवले गरे उद्घाटन

MadhesKhabar

ससुरालीमा पेस्तोल देखाएर त्रसीत बनाउँदै हिडेका साहेब खाँ वीरगन्जको इनर्वाबाट पक्राउ

MadhesKhabar

इँटाभट्टामा जिउँदै मान्छे जलाउने कांग्रेस नेता अफताब आलमका भाइ मेहताब आपराधिक गतिविधिमा अझै सक्रिय

MadhesKhabar

Leave a Comment