Madhes Khabar
समाचार

बाराको खपरपतामा ३ करोडको लागतमा बनेको खानेपानी आयोजनाको मन्त्री यादवले गरे उद्घाटन

बारा,२९बैशाखःबाराको कलैया उपमहानगरपालिका वडा नम्बर ८ मा खपरताता खानेपानी आयोजना सोमबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ । सोमबार खानेपानीमन्त्री प्रदीप यादवले उक्त आयोजनाको समुद्घाटन गरेसंगै खानेपानी आयोजना विधिवत रुपमा सञ्चालनमा आएको हो ।

सोमबार नेपाल खानेपानी संस्थानले खपरताता खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गरेर खानेपानी आयोजना विधिवत रूपमा सञ्चालनमा ल्याएको हो। संघीय र प्रदेश सरकारको करिब ३ करोड रुपैयाँको लागतमा खपरपाता खानेपानी आयोजना निर्माण भएको हो ।

कलैया उपमहानगरपालिका वडा नम्बर ८का वडाध्यक्ष रन्जीत चौरसियाको अध्यक्षता तथा मन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा जसपाका केन्द्रिय कार्यकारिणी सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस साह, जसपा बाराका जिल्ला अध्यक्ष अजय पटेल, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, संघीय परिषद सदस्य असलम आलम, लालदेव यादव, नेकपा माओवादी केन्द्रको कलैया उपमहानगरपालिकाका अध्यक्ष मुकेश साह, समाजवादी युवा संघ बाराका जिल्ला अध्यक्ष सुजीत पाण्डे लगायतकाकोपनि उपस्थिति थियो।

Related posts

मन्त्री गुप्ताले पनि भने : वीरगन्जको मेनराेड २५/२५ मिटर ताेड्न आवश्यक छैन

MadhesKhabar

पर्साको जगरनाथपुरबाट २१३ केजी गाँजासहितको ट्याक्टर पक्राउ, चालक र तस्करहरु फरार

MadhesKhabar

नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अपरिचित पुरुषको शव फेला

MadhesKhabar

Leave a Comment