वीरगन्ज,९चैत:संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगन्जको मुख्य सडक(मेनरोड) २५/२५ मिटर विस्तार गर्न आवश्यक नरहेको बताएका छन्।शनिबार नेकपा एमालेकाे वीरगन्ज महानगर कमिटिको अभिमूखीकरण कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले यस्तो बताएका हुन्।
मन्त्री गुप्ताले भने, “सडक फराकिलो बनाउनु विकासको एउटा पाटो हो, तर यसको आवश्यकता र औचित्य पनि हेर्नुपर्छ। अहिलेको अवस्थामा वीरगन्जको मेन रोड २५/२५ मिटर फराकिलो बनाउन आवश्यक देखिँदैन”। मन्त्री गुप्ताले अहिले मेन रोड २५–२५ मिटर तोडियो भने मेनराेडका धरै घरधनी घरबारबिहीन हुने बताए ।त्यसैले विस्तार गर्नै पर्ने भए कम भन्दा कम क्षति हुने गरी १५/१५ मिटर फराकिलो बनाउदा वीरगन्ज र वीरगन्जवासी दुबैको हित हुने उनको भनाइ छ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्री आफनै पार्टीको भएको भन्दै मन्त्री गुप्ताले वीरगन्जको मेनराेड विस्तारको योजनामा सर्वाेच्च अदालतले गरेको फैसलामा पुनर्विचार हुने संकेत पनि गरे।

