Madhes Khabar
समाचार

पर्साको सबैठवाबाट चरेसहित पासवान पक्राउ

वीरगन्ज, ८ साउन : पर्साको ग्रामीण भेगबाट प्रहरीले लागु औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर १ मुडली घर भएका ४४ वर्षीय प्रेम पासवान रहेका छन् ।

पासवानलाई ५ किलो ४ सय ग्राम चरेससहित पक्राउ गगरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार , साह ना ३० प ४४४३ नम्बरको मोटरसाइकलमा सवार भई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले पकाहाँमैनपुर गाउँपालिका वडा नम्बर ५ सबैठमा रोकेर चेकजाँच गर्दा उनको साथबाट चरेस बरामद भएको हो ।

चरेससहित पक्राउ परेका पासवान र उनि सवार मोटरसाइकललाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Related posts

नेशनल मेडिकल कलेज र ट्रक व्यवसायी महासंघबीच उपचारमा छुट सम्बन्धि सम्झौता

MadhesKhabar

बाघको आक्रमणबाट पर्सामा एक बृद्धको मृत्यु

MadhesKhabar

मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा आपूर्ति गर्न थप गृहकार्य गरिरहेका छौं : मन्त्री यादव

MadhesKhabar

Leave a Comment