Madhes Khabar
समाचार

मन्त्रालय र विभागमा मन्त्री यादवको छड्के अनुगमन, अनुपस्थित कर्मचारीलाई कारबाही गर्न निर्देशन

काठमाडौं,३० असोज : खानेपानी मन्त्री प्रदीप यादवले दसैँ बिदापछि सरकारी कार्यालय खुलेको दोस्रो दिन आकस्मिक रूपमा खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन् ।दसैँपछि पनि कर्मचारीहरूको कार्यालय उपस्थितिमा समस्या देखिएको जनगुनासो आएपछि मन्त्री यादवले बुधबार कार्यालय अनुशासन र कार्यसम्पादन सुधार्न एकै चोटि मन्त्रालयका सबै शाखासहित खानेपानी तथा ढल व्यवस्थापन विभागको अनुगमन तथा निरीक्षण गरेका हुन् ।

मन्त्री यादवले गरेको अनुगमनका क्रममा खानेपानी मन्त्रालयमा ११ जना र खानेपानी तथा ढल व्यवस्थापन विभागमा २ जना गरी १३ जना कर्मचारी बिना सूचना अनुपस्थित भेटिएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिए । उनले भने, “मन्त्रीज्यूले आज आकस्मिक छड्के जाँच गर्दा मन्त्रालय र विभागका १३ जना कर्मचारी अनुपस्थित देखिए, उनीहरूको अनुपस्थितिको कारण बुझेर आवश्यक कारबाही प्रकृया अगाडि बढाइनेछ ।”

अनुगमनपछि मन्त्री यादवले कर्मचारीहरूसँग व्यक्तिगत रूपमा भेटेर उपस्थितिको नियमितता र जिम्मेवारीप्रतिको प्रतिबद्धता कडाइका साथ पालना गर्न निर्देशनपनि दिए। “कार्यालयको प्रभावकारिता कर्मचारीहरूको समयमै उपस्थिति र इमानदार सेवा भावमा भर पर्छ । सरकारी सेवामा अनुशासन कायम गर्न सबैले समय र जिम्मेवारीप्रति गम्भीर बन्नु जरुरी छ,” उनले भने।

अनुपस्थितिको ठोस कारण बिना पुनः गैर हाजिर हुने कर्मचारीहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी समेत मन्त्री यादवले दिए।न्त्री यादवले अनुगमनका क्रममा कार्यालयमा उपस्थित कर्मचारीहरूसँग कामको प्रकृति, कठिनाइ, र सेवा प्रवाहमा भोग्नुपर्ने समस्या बारे विस्तृत छलफल पनि गर्दै भने, “यदि कामको क्रममा कुनै अवरोध वा समस्या देखिएमा तत्काल मलाई जानकारी दिनुहोस् ।” कर्मचारीहरूलाई खुला संवाद र समन्वयको वातावरण बनाउन आग्रह गर्दै समस्या समाधानका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए

Related posts

अरिंगालकाे टाेकाइबाट आमा-छाेरीकाे मृत्यु

MadhesKhabar

मिटरब्याज पीडितलाई गृह मन्त्रालयले काठमाडौंबाट गाडी व्यवस्था गरेर घर पठायो

MadhesKhabar

जगरनाथपुर–५ चिल्झपट्टीमा रमेश रिजालको घरदैलो सम्पन्न

MadhesKhabar

Leave a Comment