Madhes Khabar
Uncategorized समाचार

स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा मंसिर १५ मा गर्ने समाजवादी प्रेस संगठनको निर्णय

वीरगन्ज,५मंसिरः समाजवादी प्रेस संगठन नेपाल पर्साको दोस्रो बैठक बुधबार वीरगन्जमा सम्पन्न भएको छ । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले संगठनका सदस्य स्व. नरेश सर्राफको दोस्रो स्मृति सभा गर्ने निर्णय गरेको छ ।

बैठकले स्व. सर्राफको निधन भएकै दिन मंसिर १५ गते वीरगन्जमा दोस्रो स्मृति सभा गर्ने निर्णय गरेको संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्माले जानकारी दिए ।स्मृति सभामै संगठनले यस अघि नै स्थापना गरेको स्व. नरेश सर्राफ स्मृति पत्रकारित पुरस्कारसमेत वितरण गर्ने निर्णय गरेको उनले वताए । यस बर्षदेखि वितरण गरिने पुरस्कारको राशी २१ हजार रुपैयाँको रहेको छ ।

साथै बैठकले उक्त पुरस्कार वितरणको लागि नाम छनौट गर्न तीन सदस्यीय समिति समेत गठन गरेको छ । समितिको सदस्यमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, सल्लाहकार सन्जय साह र संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन रहेका छन् ।

बैठकमा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य रामचन्द्र साह, बालगोपाल थापा, मनोज चौधरी, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनोज पटेल लगायतकोपनिा उपस्थिती रहेको थियो । बैठकको सहजिकरण संगठन पर्साका सचिव विनोद पटेलले गरेका थिए ।

Related posts

मतदाता शिक्षा प्रभावकारी नहुँदा मतदाताहरु अन्योलमा

MadhesKhabar

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

कलैयामा दुइ वटा मोटरसाइकल आपसमा ठोक्किदा एक जनाको मृत्यु ,चार जना घाइते

MadhesKhabar

Leave a Comment