Madhes Khabar
समाचार

हमासले अपहरण गरेका विपिनको रिहाईका लागि पहल गरिदिन विश्व हिन्दु परिषद वीरगन्जको माग

वीरगन्ज,६भदौं : विश्व हिन्दु परिषद नेपालले इजरायलमा भएको आक्रमणमा हमासले अपहरण गरी २ वर्षदेखि बन्धक बनाएर राखेका नेपाली युवक विपिन जोशीको रिहाईका लागि पहल गरिदिन नेपाल सरकारसंग माग गरेको छ ।

इजरायलमा आतंकवादी संगठन हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणका क्रममा १० जना नेपाली मारिएका थिए भने कञ्चनपुरका विपिन जोशीलाई हमासले अपहरण गरेर लगेको थियो । उनको अवस्था हालसम्म पनि अज्ञात रहेको छ ।

शुक्रबार विश्व हिन्दु परिषद नेपाल वीरगन्ज नगर कार्यसमितिले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै जोशीको रिहाईका लागि कुटनीति पहल गरिदिन माग गरेको हो ।

विश्व हिन्दु परिषद नेपाल वीरगन्ज नगर कार्यसमितिकी सदस्य बन्दना शर्माले प्रजिअ अर्याललाई बुझाएको ज्ञापनपत्रमा हमासले अपहरण गरेका नेपाली युवा जोशीको अवस्था दुई वर्षदेखि अज्ञात रहेको र उनका परिवारजन हालै इजरायलमै पुग्दापनि पत्तो नलागेपछि निरास भएर फर्किएको भन्दै यसले आँफुहरुपनि चिन्तित बनेको उल्लेख छ ।

ज्ञापन पत्रमार्फत परिषदले जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा कूटनीतिक पहल गर्न, संयुक्त राष्ट्रसंघ र इजरायलको सरकारसंग समन्वय गरी जोशीलाई रिहा गराएर सुरक्षित नेपाल फर्काउने वातावरण बनाउन सरकारसंग माग गरेको छ ।

Related posts

अब वीरगन्जमापनि उपलब्ध हुदैं ‘पठाओ’ सेवा,बाइक राइडरको दर्ता सुरु

MadhesKhabar

बारामा तस्करीको आशंकामा प्रहरीद्वारा करिब दुई करोड मुल्यको सूर्ती बरामद

MadhesKhabar

पर्सामा काँग्रेसका ४ , एमालेका ३ र जसपाका १ वडा अध्यक्ष विजयी

MadhesKhabar

Leave a Comment