Madhes Khabar
समाचार हेडलाइन

पर्साका कांग्रेस नेता द्धिवेदी भन्छन् : म रास्वपामा गएको छैन, कांग्रेसमै छु,प्रायोजित हल्लाको भ्रममा नपर्नु होला

वीरगन्ज,१ माघ : नेपाली कांग्रेसका नेता तथा संविधान सभा सदस्य अजय द्धिवेदीले आँफु कांग्रेस छाडेर अन्य कुनैपनि दलमा नगएको प्रष्टिकरण दिएका छन् ।

बिहीबार केहि सञ्चारमाध्यममा प्रकाशीत समाचारमा आँफु रास्वपामा प्रवेश गरेको र रास्वपाको बालेन शाह पक्षबाट पर्सा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएको भन्ने झुठो अफवाह फैलाइएको द्धिवेदीले बताए ।

मधेसखबरसंग टेलिफोन सम्पर्कमा कुरा गर्दै द्धिवेदीले उक्त समाचारको खण्डन गर्दै आँफुलाई बदनाम गर्ने नियतले कहिंबाट प्रायोजित समाचार मिडियामा आएको दाबी गरे ।द्धिवेदीले भने, त्यो कहिबाट प्रायोजित समाचार हो । म रास्वपामा वा कुनै अन्य पार्टीमा गएको छैन । म कांग्रेसमै छु ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले तत्कालिन लोसपासंग गठनबन्धन गरेपछि पर्सा क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएपछि द्धिवेदीले उनिविरुद्ध अनुशासनको कारबाही गरेको थियो । तर हालै केहि हप्ता अगाडि मात्रै कांग्रेस केन्द्रिय समितिले द्धिवेदीसहितका नेताहरुलाई गरिएको कारबाही फिर्ता लिएको थियो ।

Related posts

जनशक्ति अभावले नारायणी अस्पताल समस्यामा

MadhesKhabar

वीरगंजमा सार्वजनिक शिक्षा सुदृढिकरणका लागि क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

MadhesKhabar

काँग्रेस उम्मेदवार रिजाललाई ठोरीमा भव्य स्वागत

MadhesKhabar

Leave a Comment