Madhes Khabar
समाचार हेडलाइन

एकैरात वीरगन्जबाट २ करोड भन्दा बढिको ३ ट्रक सामान पक्राउ

मधेसखबर
वीरगन्ज ,०६ असोज : वीरगन्जबाट एकैरात प्रहरीले २ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा ट्रक नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताबाट बुधबार मध्यरातमा खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघर र माइस्थान र आदर्शनगरबाट मालसामान सहितका ती ट्रकहरु नियन्त्रणमा लिएको हो ।

वीरगन्जका विभिन्न ट्रान्सपोर्टबाट मालसामान बोकेर अन्य शहरमा जान लागेको अवस्थामा ती ट्रकहरु रोकेर चेकजाँच गर्दा भन्सार प्रज्ञानपत्रमा उल्लेख गरिएको भन्दा बढि मालसामान भेटिएकाले नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए ।

 

उनका अनुसार , जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार राति साढे ११ बजे वीरगन्ज ८ घण्टाघरचोकमा ना.६ ख ३३७३ नम्बरको मालवाहक ट्रक रोकेर जाँच गर्ने क्रममा ट्रकमा भन्सार प्रज्ञापनपत्रको भन्दा बढि साममान भेटिएपछि नियन्त्रणमा लिएको हो । उक्त ट्रकबाट ९१ लख ५१ ह्जार ८ सय २२ रुपैया मुल्यका सामान बराममद भएको उनले बताए ।

यस्तै बुधबार राति सवा ११ बजे नै वीरगन्ज ८ माईस्थान चोकमा ना.७ ख ६८७५ नम्बरको मालवाहक मिनी ट्रक रोकेर चेकजाँच गर्ने क्रममा उक्त ट्रकबाट पनि विल बिजक भन्दा बढिको सामान भेटिएपछि नियन्त्रणमा लिइएको बस्नेतले बताए । उक्त ट्रकबाट ५० लाख ३९ हजार १ सय २४ रुपैया मुल्यको सामानन बरामद गरिएको बस्नेतले जानकारी दिए ।

बुधबार राति नै १२ बजे वीरगन्ज १० आदर्शनजगरमा ना ५ ख ४८३१ नम्बरको ट्रकलाई पनि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा विल बिजक भन्दा बढि परिमाणको सामान बरामद भएपछि उत्तः ट्रकलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकबाट पनि १ करोड १८ लाख ७६ हजार ६ सय ९१ रुपैया मुल्यको सामान बरामद गरिएको प्रहरी उपरिक्षक बस्नेतले बताए ।

तीनवटै ट्रकबाट बरामद सामान र ट्रकको गरि २ करोड ६० लाख ६७ हजार ६ सय ३७ रुपैया मुल्यांकन गरेर माल सामान सहितको ट्रक कारबाहीका लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको बस्नेतले जानकारी दिए ।

 

Related posts

कानुनविद् भन्छन् : राष्ट्रपतिले संविधान उल्लंघन गरेकाले राजिनामा दिनुपर्छ

MadhesKhabar

कर्मचारीलाई दोष थोपरेर उम्किए मुख्यमन्त्री राउत

MadhesKhabar

पर्सामा फेरि अर्का ३२ वर्षिय युवा गाउपालिका अध्यक्षमा निर्वाचत

MadhesKhabar

Leave a Comment