Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गहवामाई मन्दिरमा दशैंभर मोबाइल प्रतिबन्ध : टिकटक बनाउन,सेल्फी र भिडियो खिच्न रोक

वीरगन्ज,५असोजःहिन्दुहरुको महान् चाड दशैं सोमबारदेखि सुरु हुदैछ । दशैंको घटनास्थपनादेखि विजयदशमीका दिनसम्म वीरगन्जको प्रमुख शक्तिपीठ गहवामाई मन्दिरमा बिहान र बेलुकी दर्शनार्थीहरुको भीड घुइँचो लाग्ने गर्छ भने सप्तमीदेखि नवमीका दिनसम्म मेलापनि लाग्ने गर्छ ।

गहवामाई मन्दिरमा दर्शन र पूजापाठका लागि पुग्ने दर्शनार्थी र भक्तजनहरुको सहजताका लागि तयारीमा लागेको माईस्थान सञ्चालक समितिले केहि नियमहरु लगाएको छ । समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार, यसपालिको दशैंमा गहवामाई मन्दिर प्रांगणमा मोबाइलको अनावश्यक प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गहवामाई मन्दिर प्रांगणमा सेल्फी लिन,टिकटक वा अन्य भिडिया बनाउन निषेध गरिएको समितिका अध्यक्ष साहले जानकारी दिए ।

यसका साथै दर्शनार्थी र मन्दिरको सुरक्षाका लागि मीनदर परिसरभित्र र प्रांगणका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान पनि गरिएको अध्यक्ष साहल बताए। समितिले मन्दिरमा पूजापाठ र दर्शनका लागि आँउदा सुनचाँदीका गरगहना नलगाएर आउन तथा आएमा आफना गरगहनाको सुरक्षा आँफै गर्नपनि सार्वजनिक अनुरोध गरेको छ ।

दशैंअवधिभर मन्दिर प्रागंणमा बिहान ६ बजेदेखि ८ बजेसम्म निःशुल्क प्राथमिक उपचार शिविरपनि सञ्चालन गरिने समितिका अध्यक्ष साहले जानकारी दिए ।

Related posts

बेवारिसे अवस्थामा रहेको राधादेवी मेमोरिय स्कुल अब महानगर र लायन्सले संयुक्त संचालन गर्ने

MadhesKhabar

पर्सामा लाेसपाका नेताहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

बंगलादेशमा हिन्दु नेता रायको हत्याकाे विराेधमा हिन्दुवादीहरुद्वारा जनकपुरमा प्रदर्शन

MadhesKhabar

Leave a Comment