Madhes Khabar
वाग्मती प्रदेश हेडलाइन

चितवनको माडीमा वन मन्त्री यादवले गरेको प्रतिबद्धता पुरा

मधेसखबर

वीरगन्ज,१२ भदौं : संघीय सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले चार दिनभित्र ई.आई.ए. सम्बन्धी सहमती पत्र दिनेभनी  चितवनको माडीमा गरेको प्रतिवद्धता पुरा गरेका छन् ।

मन्त्री यादवले गत भदौ ८ गते गत बुधबार माडीको रौतनी खोला पुल समुद्घाटनका क्रममा भाषण गर्दै ४ दिनभित्रै वातावरणीय प्रभाव मुल्याङ्कन ( इआए ) को लागि  सहमती पत्र दिने प्रतिबद्धता जनाएका थिए । त्यस क्रममा उनले  माडीको विकासमा वन मन्त्रालय बाधक नबन्ने भन्दै  आउँदो निर्वाचन अगावै माडीबासी र निकुञ्ज बिचको द्वन्द सकिने अभिव्यक्ति पनि दएका थिए।

त्यसलगत्तै, भौतिक योजना तथा यातायात मन्त्रालयले २०७९ भदौ ९ गतेको मितिमा वन मन्त्रालयलाई निकुञ्जभित्र बाटो बनाउन र पूर्वी माडीमा अवरुद्ध हुलाकी सडक निर्माण सुचारु गराउन पत्रमार्फत अनुमती मागेकोमा मन्त्री यादवले राष्ट्रिय निकुञ्ज विभागलाई अनुमतीका लागि तोक लगाएका हुन् ।

योसंगै माडी क्षेत्रमा निकुञ्जका कारण सिर्जित केहि समस्याहरु निदानतर्फ बढेको महसुस गरिएको छ । यसबाट, निकुञ्जभित्र हालको सुबिधाप्राप्त बाटोको स्तरोन्नति गर्न र बैंकल्पिक भूमिगत केबुल बिछ्याउन बाटो खुलेको देखिन्छ । यद्यपि निकुञ्ज र मध्यवर्ती क्षेत्रबासीको द्वन्द समाधानका लागि मौजूदा ऐन शंसोधनको विकल्प नरहेको जानकारहरु बताउँछन् ।साभार: स्वदेश एफएम

 

Related posts

वीरगन्जमा जथाभावी फोहर फाल्ने ३८९ जनालाई कारबाही गरि ९ लाख जरिवाना असुल

MadhesKhabar

वीरगन्जमा विद्यमान विधुतका समस्याहरु सामधान गर्न घिसिङसंग मेयर सिंहको आग्रह

MadhesKhabar

पोखरिया नगरपालिकामा करार र ज्यालादारीमा नियुक्त ३५० बढी कर्मचारीलाई जागीरबाट हटाइयो

MadhesKhabar

Leave a Comment