Madhes Khabar
स्थानिय हेडलाइन

सरसफाइमा झन कठाेर बन्दै वीरगन्ज महानगर: एनआईसी एसिया बैंकलाई ११ हजार जरिवाना

वीरगन्ज ,७फागुन: सडकमा फाेहाेर फालेकाे कसुर बापत वीरगन्ज १०स्थित एनआइसी एसिया बैंक वीरगन्ज शाखालाई वीरगन्ज महानगरपालिकाले ११ हजार रुपैया जरिवाना गरेकाे छ ।

महानगरकाे सरसफाईमा कडाइ गर्दै सडकमा फाेहाेर फाल्नेलाई आर्थिक जरिवाना तिराउने अभियान चलाए यता एनआईसी बैंकलाई गरिएको याे जरिवाना सबैभन्दा बढि हाे । याे अभियान शुरु भए यता हालसम्म महानगरले सडकमा फाेहाेर फाल्नेलाई ५ सय देखि ५ हजार रुपैया मात्र जरिवाना गरेकाे थियाे । तर आईतबार भने एनआईसी एसिया बैंकलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको हाे ।

यसअघि पहिलोपटक सडकमा फाेहाेर फालेकाे भेटिदा एनआईसी एसिया बैंकलाई महानगरपालिकाले चेतावनी मात्र दिएकाे थियाे भने दोश्रो पटक ५ हजार जरिवाना रुपैया जरिवाना गरेकाे थियाे ।

तर आइतबार अनुगमनको क्रममा फेरि उसले फाेहाेर सडकमै फ्याकेको भेटिएपछि ११ हजार रुपैया जरिवाना गरिएको महानगरका सरसफाइ अधिकृत सर्फुदिन मियाँले बताए ।

बैंक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फेरि सडकमा फाेहाेर फ्याकिएको भेटिएमा २५ हजार देखि २ लाख रुपैयाँ सम्मकाे जरिवाना गरिने मियाँले बताए ।

Related posts

वीरगन्जमा सशस्त्र प्रहरीद्वारा ‘समुदाय विपद स्वयंसेवक परिचालन आधारभुत तालिम’ सञ्चालन

MadhesKhabar

वीरगन्जकाे विकासमा बाधक बन्दै अदालत: मेनराेडकाे मुद्दाको पेशी फेरि धकेलियाे

MadhesKhabar

गोतामे पत्रकारिता स्वर्ण पदकबाट धनुषाकी पत्रकार मनिका झा पुरस्कृत

MadhesKhabar

Leave a Comment