Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेस सरकारबाट बाहिरियाे जनमत पार्टी

जनकपुर,९माघ:जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिदैं आफ्ना दुई मन्त्रीलाई प्रदेश सरकारबाट फिर्ता बोलाएको छ।मधेस प्रदेश सरकारकाे नेतृत्व जसपाकाे छ भने मुख्यमन्त्री जसपाकै नेता सराेजकुमार राय यादव छन्।

जनमत पार्टीका प्रदेश सांसद संजय यादवले मंगलबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई मधेस सरकारबाट बाहिरिएको पत्र बुझाएको जानकारी दिए । मधेस प्रदेश सरकारमा जनमत पार्टीका दुईमन्त्री छन् । शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् । सरकारमा सहभागी भएदेखि नै जसपा र जनमत पार्टीबीच मतभेद रहेको थियो ।

सप्तरीको राजविराजमा आइतबार कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर जसपा–जनमत बीचको टकराव छताछुल्ल भएको थियो । विश्वविद्यालयको भवन शिलान्यासका लागि मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएपछि जनमत विरोध प्रदर्शनमै उत्रिएको थियो ।साभार:ईकान्तिपुरबाट

Related posts

साउदीलाई ३०१ रनले हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

बारामा जेनजी युथ नेपालले आयोजना गरेको कार्यक्रममा १ सय ३७ जनाले गरे रक्तदान

MadhesKhabar

यसरी सम्भव भयो अयोध्यामा बाबरी मस्जिद भत्काएर राम मन्दिरको निर्माण

MadhesKhabar

Leave a Comment