Madhes Khabar
समाचार हेडलाइन

चुनावलाई लक्षित गरि वीरगन्जमा नेपाल–भारतका प्रहरी अधिकृतहरु बिच छलफल

मधेसखबर
वीरगन्ज, २४ कार्तिक : मंसिर ४ मा हुने निर्वाचनलाई मध्यनजर गरि वीरगन्जमा नेपाल र भारतका प्रहरी अधिृतकहरु बिच छलफल भएको छ ।

वडा प्रहरी कार्यालय विर्तामा भएको छलफलमा वडा कार्यालय अन्तर्गतका सिमा नाकाहरुको सुरक्षा लगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षाका विषयमा स्थानियस्तरमा दुवै देशका प्रहरीहरु बीच सहयोग आदान–प्रदान, सिमा अपराध नियन्त्रण गर्ने विषयमा सहमति भएको छ । छलफलमा वीरगन्ज महानगरको मुख्य सिमा प्रहरी कार्यालय तथा भारतको विहार राज्यको रक्सौल सिमाका प्रहरी कार्यालयका अधिकारीहरुको सहभागीता थियो ।

छलफलमा नेपालका तर्फबाट वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल र रक्सौल प्रहरी कार्यालयका सब डिभिजनल पुलिस अफिसर श्री चन्द्र प्रकाशको नेतृत्वमा दुवै देशका सीमा क्षेत्रका प्रहरी अधिकारहिरुको सहभागीता थियो ।

Related posts

११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जमा गर्ने तयारी भइरहेको छ : मन्त्री लिम्बु

MadhesKhabar

पर्सामा उपेन्द्र यादवलाई ठूलो झट्का :जिल्ला सचिवसहितका युवा नेताहरु जसपामा प्रवेश

MadhesKhabar

सप्तरीबाट मधेस प्रदेशमा सिके राउतकाे खाता खुल्याे

MadhesKhabar

Leave a Comment