Madhes Khabar
समाचार हेडलाइन

चुनावलाई लक्षित गरि वीरगन्जमा नेपाल–भारतका प्रहरी अधिकृतहरु बिच छलफल

मधेसखबर
वीरगन्ज, २४ कार्तिक : मंसिर ४ मा हुने निर्वाचनलाई मध्यनजर गरि वीरगन्जमा नेपाल र भारतका प्रहरी अधिृतकहरु बिच छलफल भएको छ ।

वडा प्रहरी कार्यालय विर्तामा भएको छलफलमा वडा कार्यालय अन्तर्गतका सिमा नाकाहरुको सुरक्षा लगायत आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सुरक्षाका विषयमा स्थानियस्तरमा दुवै देशका प्रहरीहरु बीच सहयोग आदान–प्रदान, सिमा अपराध नियन्त्रण गर्ने विषयमा सहमति भएको छ । छलफलमा वीरगन्ज महानगरको मुख्य सिमा प्रहरी कार्यालय तथा भारतको विहार राज्यको रक्सौल सिमाका प्रहरी कार्यालयका अधिकारीहरुको सहभागीता थियो ।

छलफलमा नेपालका तर्फबाट वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल र रक्सौल प्रहरी कार्यालयका सब डिभिजनल पुलिस अफिसर श्री चन्द्र प्रकाशको नेतृत्वमा दुवै देशका सीमा क्षेत्रका प्रहरी अधिकारहिरुको सहभागीता थियो ।

Related posts

दाइजोमा कार नदिएकै कारण पिंकीलाइ पापीहरुले मारे

MadhesKhabar

वीरगन्जको हरपतगञ्जमा ठेकेदारले सडक र नालाको काम अलपत्र छाडेपछि स्थानीयवासी आक्रोशित

MadhesKhabar

जन्मदिनमा राकेशले फहराए ठाेरीकाे शिकारीबास पुलमा राष्ट्रिय झण्डा

MadhesKhabar

Leave a Comment